प्रधानमन्त्री कप राष्ट्रिय महिला टि(२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।लुम्बिनीले शनिबार बागमती प्रदेशमाथि ७ विकेटको सहज जित हात पारेको हो ।७६ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले अविजित २९ रनको योगदान दिइन् ।नितु भण्डारीले १४ रन जोड्दा सरस्वती पुन ९ रनमा अविजित रहिन् ।बागमतीका लागि अस्मिना कर्माचार्य, आरती बिडारी र खुशी डंगोलले १-१ विकेट लिए ।यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो ।
बगमतीका लागि हेलिसा गुरूङले सर्वाधिक २८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।लुम्बिनीका लागि मधु डिसीले ३, सुस्मिता भुषालले २ तथा नेरी थापा र स्वस्तिका बजगाँईले १(१ विकेट हात पारे ।









