एमसीसी पारित गर्न सबै विकल्प अपनाउने तयारीमा प्रधानमन्त्री देउवा,मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी

प्रकाशित मिति:

काठमाण्डु-  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अघि बढाउन सबै अस्त्र प्रयोग गर्ने सम्भावना बढेको छ ।
प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार उनले त्यसका लागी सबै विकल्पमा छलफल अघि बढाएका छन् ।

एमसीसीलाई अघि बढाउने सन्र्दभमा सत्तारुढ दलभित्रै विवाद सुरुभएसंगै देउवाले जसरी पनि एमसीसीलाई संसदबाट पारित गर्ने तयारी गरेका हुन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी संसदमा टेवल गर्ने र बहुमतबाट पारित गर्ने प्रस्ताव राखेपछि त्यसको सत्ता गठबन्धनकै नेताहरुले विरोध गरेका थिए ।संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले विश्वसनीयता जोगाउन लागि भएपनि एमसीसी अनुमोदान गरेर जानुपर्ने धारणा राखेका थिए । तर, त्यसमा सत्ता सहयात्री दलहरुले विरोध जनाएपछि त्यसबारे समान धारणा बनाउन गठबन्धनले पुर्व प्रधानमन्त्री झलनाथ खनाल,नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्की रहने गरी अध्ययन समिति बनाएको थियो । उक्त समितिमा समेत सहमति हुने सम्भावना भने नरहेको बताइन्छ ।

सत्तारुढ दलको बीचमा एमसीसीलाई अघि बढाउने विषयमा सहमति नभएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसंग समेत सवांद अघि बढाएका छन् । प्रधानमन्त्री निकट स्रोतकाअनुसार यसबारेमा संचारमन्त्री कार्की र एमाले महासचिव शंकर पोखरेलबीच नियमित संवाद भइरहेको छ ।प्रतिनिधिसभाको बैठक मंगलबार दिउंसो १ बजेका लागि बोलाइएको छ । त्यसभन्दा पहिले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएको बताइएको छ । सभामुख अग्निप्रसाद सापकोटा एमसीसीमा राष्ट्रिय सहमति नभई अगाडि बढाउन सहमत नभएको स्रोतको दावी छ । उनले त्यसका लागी संसदको अवरोध हट्नुपर्ने र यसबारेमा उठेका प्रश्नको जवाफ दिनुपर्ने सर्त निकटस्थमार्फत राखेका छन् । तर, एमाले भने गठबन्धन नभत्किएसम्म संसद अवरोध हटाउने पक्षमा देखिदैन ।माओवादी केन्द्रभित्रै एमसीसीको विषयलाई लिएर दुई वटा धार देखा परका छन् । माओवादी अध्यक्ष प्रचण्डले नभनी सभामुख सापकोटा प्रक्रिया अघि बढाउने पक्षमा देखिदैनन । प्रचण्ड स्वंयम् संशोधन विना एमसीसी पारित नगर्ने पक्षमा देखिएपछि प्रधानमन्त्री देउवा भने त्यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन माओवादी र समाजवादीलाई फकाउनको लागि प्रयासरत छन् । दुवै दल सहमत नभएको अवस्थामा देउवा गठबन्धन समेत तोड्न तयार रहेको स्रोतको दावी छ । त्यसका लागी उनले पहिलो चरणमा मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी गरेका छन् ।एमसीसी पारित गर्न सहमत नभएको अवस्थामा प्रधानमन्त्रीले माओवादी र समाजवादीका मन्त्रिहरु चांडै हटाउने सम्भावना छ । त्यसपछि देश निर्वाचनतर्फ जान्छ होला ।’ प्रधानमन्त्री निकट एक नेताले भने ।प्रधानमन्त्रीले देउवाले चांडै दुई वटा मन्त्रालय दिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने तयारी गरेको उनि निकट स्रोतको दावी छ । लोसपाले सोमबार मात्र एमसीसीको पक्षमा उभिने निर्णय गरेको थियो । लोसपाको संसदीय दलको बैठकले एमसीसी संसद बैठकमा पेस भएको अवस्थामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले चांडै अर्थमन्त्री जनार्दन शर्मालाई हटाएर संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थमा ल्याउने तयारी समेत गरेको स्रोतको दावी छ । उनले त्यसलगत्तै कांग्रेसकै मन्त्रिहरु राखेर मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन ।नेपाली कांग्रेस र एमालेबीच अहिले सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको बताइन्छ । त्यसका लागी दुवै पार्टीका उच्च तहका नेताहरुबीच संवाद समेत भइरहेको छ । सत्ता गठबन्धन भत्काउन र चुनावमा जाने वातावरण बनाउन प्रधानमन्त्री देउवा सकरात्मक भएपछि दुवै पार्टीबीच सहकार्य हुन लागेको स्रोतको दावी छ ।गठबन्धन भत्कने र निर्वाचनमा जान प्रधानमन्त्री सहमत भएको अवस्थामा एमसीसी पारित गर्नमा एमाले पनि सकरात्मक छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार दुवै दलबीच भइरहेको छलफलको जानकारी पाएर नै एमाले अध्यक्ष ओलीले गठबन्धन लोड्नको लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन भुमिका खेल्ने खुलेआम तर्क दिइरहेको दावी समेत गरेका थिए ।एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डले पनि एमसीसी देशको अहितमा नरहेको बताएका थिए । उनले यसमा सरकार जिम्मेवार नभएको भन्दै यसलाई अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संटमा फस्न सक्ने चेतावनी दिएका थिए । पाण्डेले निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै चुनावको संकेत गरेका छन् ।#साभार

थप समाचार