बुटवल उपमहानगरकाले १७ बर्ष उमेर समुहका सबै बालबालिकालाई मोर्डना खोप लगाउने तयारी

प्रकाशित मिति:

बुटवलमा १२- बुटवल उपमहानगरपालिकाले १७ बर्ष उमेर समुहका सबै बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरिएको छ । आज पत्रकार सम्मेलन गर्दै उक्त  बारेमा जानकारी दिएको हो ।कम्तिमा सय जना विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र स्थापना गरिने छ भने सोभन्दा कम संख्या भएका विद्यालयहरुका लागि दुई वा सोभन्दा बढी विद्यालयलाई जोडेर खोप केन्द्र स्थापना गरिने छ । खोप १५ गतेबाट लगाउन शुरु गरिने जनाइएको छ । साथैं  उपमहानगरले प्रत्येक विद्यालयमा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई कोरोना विरुद्धको मोर्डना खोप लगाउने तयारी गरेको जनाएको हो ।

प्रवक्ता रामप्रसाद रेग्मी “बुटवल उपमहानगरकाले आजको दिन सम्म १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइ सकिएको छ भने अब छिट्टै बालबालिकाहरुका लागि पनि खोप सञ्चालन ल्याउदै  छौ।  खोप लगाउन छुत्नुभेको  नागरिकहरुले समेत कार्यालयमा जानकारी गराएको अवस्थामा तत्काल नै खोपको व्यवस्था गरिने छ । हालसम्म बुटवल स्थायी ठेगाना भएका नागरिकहरुले खोप लगाइसकेका छन् भने अन्यत्रबाट आएका नागरिकहरु कोही छुटेको भएमा पनि खोप उपलब्ध गराइने  बताए  ।

थप समाचार