जिल्लास्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई

प्रकाशित मिति:

बुटवल, ७ पुस, । रुपन्देही जिल्लास्तरीय प्रथम कालिका रनिङ शिल्डको उपाधि आयोजक कालिका मानवज्ञान मावि बुटवलले जितेको छ । जिल्लाका २१ निजी र १० सामुदायिक विद्यालय सहभागी प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड हात पारेको हो ।

 

४८ वटा इभेन्टमा भएको प्रतिस्पर्धामा ३ स्वर्ण, १ रजत र ३ कास्य गरी ७ पदक जितेर बुटवलको एभरेस्ट बोर्डिङ स्कुल दोस्रो र ३ स्वर्ण, १ रजत र २ कास्य सहित ६ पदक जितेर तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ स्कुल तेस्रो भएको छ । विजयी विद्यालयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई बुधवार विद्यालयको ६१औं वार्षिकोत्सव समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी,प्रचार्य दिनेश थापाले नगद पुरस्कार सहित सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

यसअघि नगरस्तरी रनिङशिल्ड प्रतियोगिता गर्दै आएकामा यस वर्षदेखि जिल्लास्तरीय शुरु गरेको विद्यालयका खेल प्रशिक्षक हरिष वलीले बताए । वली विद्यालयको खेल प्रशिक्षक नियुक्त भएपछि विद्यालयले खेलकुद क्षेत्रमा समेत उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राचार्य दिनेश थापाले बताए ।