आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ ।ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो ।
यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो ।
बंगलोदशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो ।बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सीमित रह्यो । यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो ।









