पाँच दर्जन हलबाट दर्शक हँसाउँदै चुरीफुरी

प्रकाशित मिति:

काठमाडौ । राम्रो नेपाली चलचित्र प्रदर्शन हुन नसकेको दर्शकको गुनासो आईरहेको बेला नयाँ चलचित्र ‘चुरीफुरी’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । आफ्नो चलचित्र मुलुकका ६० भन्दा बढी सिनेमा हलमा रिलिज हुन लागेको यसका निर्माता निर्देशक ऋषीराज आचार्यले बताएका छन् ।‘चिसोको मौसम भए पनि हलमा राम्रो चलचित्र नआएको भन्दा वितरक हल सञ्चालक देखि दर्शकसम्मको गुनासो आएपछि मैले चलचित्र चुरीफुरी शुक्रबारबाट रिलिज गरेको हुँ । बलिउड र हलिउडका निकै प्रभावशाली सिनेमाहरु यतीबेला आएको भए पनि नेपाली चलचित्र पछि हट्नु् हुन्न भनेर ल्याएको छु् ।’ ऋषीले राजधानीसँग भने ।

हास्य प्रधान यो चलचित्रमा हास्यकलाकारहरु रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य ९काकु०, सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी),सुबोध गौतम (एदुमे)को मुखय भूमिका छ । यस्तै अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त,राजीवजंग बस्नेत,रिन्जिन गुरुङ,तुलसीप्रसाद श्रेष्ठ,सुनीता श्रेष्ठ,राजेन्द्र खाती,जोया ढकाल, ऋतु आचार्यको पनि यसमा अभिनय रहेको निर्देशक आचार्यले बताए ।

निर्देशक आचार्यकै लेखन रहेको यो चलचित्रमा राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी छ । डिसिएनले बितरण गर्ने यो चलचित्र अष्ट्रेलिया, अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने निर्देशक ऋषीराजले बताए ।