भैरहवामा मृत भेटिएका एसएसपी यादवमाथि कारबाहीको तयारी गरिरहेको थियो प्रहरी हेडक्वार्टर

प्रकाशित मिति:

भैरहवामा शुक्रबार दिउँसो संघीय प्रहरी इकाइमा कार्यरत एसएसपी सुशीलकुमार यादव आफ्नै क्वार्टरमा मृत भेटिए । उनी आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।त्यसपछि यो घटनाबारे नयाँ नयाँ तथ्य बाहिर आउन थालेको छ । प्रहरीले यसबारे विस्तृत अध्ययन सुरु गरेको छ ।पछिल्लो समय विभिन्न घटनामा संलग्न रहेका आरोपीहरुलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि प्रहरी हेडक्वार्टरले कारवाहीको प्रक्रिया सुरु गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले यादवलाई मात्र होइन, विभिन्न घटनामा अन्य १५ जना प्रहरीलाई पनि विभागीय कारवाहीको प्रक्रिया सुरु गरिएको थियो ।यसअघि उनले गरेका काममाथि छानबिन गर्न एउटा समिति बनेको थियो । भीम ढकालको संयोजकत्वमा बनेको त्यो समतिले अपहरणकारीलाई उन्मुक्ति दिएको आरोप यादवमाथि लागेको थियो ।२०६४ साल माघ २९ गते बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको घटनामा प्रहरीले अपहरणकारीमाथि अनुसन्धान नै नगरेको आरोप लागेको थियो । त्यसपछि यसबारे यादवसँग प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको थियो ।स्पष्टिकरण उनले दिइसकेका थिए । त्यसपछि प्रहरीले उनीमाथि कारवाही गर्ने प्रक्रिया सुरु गरेको थियो ।#साभार

थप समाचार