कञ्चनमा उद्घोषण तथा सशक्तिकरण सम्बन्धी तालिम सञ्चालन

प्रकाशित मिति:

१० पुष्ष,कञ्चन- लायन्स क्लव अफ कञ्चन लेडीको आयोजना तथा कञ्चन गाउपालिकाको सहयोग र नेपाल बिकास केन्द्रको सहकार्यमा हाम्रो पोषण, हाम्रो स्वास्थ्य र उद्घोषण तथा सशक्तीकरण बिषयक दुई दिने तालिम सञ्चालन भएको छ।तालिमको उद्घाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले समृद्ध कञ्चन खुशी कञ्चनवासी निर्माण गर्न एक पक्षको मेहनत र प्रयासले सम्भव नहुने बताउनु भएको छ। हरेक कञ्चनवासीमा सकारात्मक चिन्तन र नेतृत्वको बिकासका लागि कञ्चनमा कृयाशिल बिभिन्न संघसंस्थाहरुको भुमिका महत्वपुर्ण भएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

यसैगरी कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले समृद्ध कञ्चन बनाउने अभियानमा हरेक पक्षहरुको सहकार्य र समन्वय आवस्यक हुने बताउनु भयो । यसैगरी लायन्स क्लव इन्टरनेश्नल डिस्ट्रिक ३२५ बि २ चिफ डिस्ट्रिक एडभाइजर उमंग देवकोटाले कञ्चनमा गाउपालिकाले हरेक कार्यहरु गर्दा स्थानिय संघसंस्थाहरुसंगको समन्वय र सहकार्यमा गर्ने प्रणाली निकै राम्रो र स्थानिय सरकार स्थानिय संघसंस्था मैत्री भएको समेत बताउनु भयो ।कार्यक्रमको औचित्यबारे जानकारी गराउदै लायन्स क्लव अफ कञ्चन हरैयाका आई।पि।पि। राम बहादुर थापाले लायन्स क्लव अफ कञ्चन हरैया र कञ्चन लेडीले युवाहरु लागुऔषध दुरुपयोगमा लागिरहेको सन्दर्भमाकञ्चनका युवाहरुलाई समाजप्रति उत्तरदायित्व शहन गराउनमा सकृय रहेको बताउनु भयो ।

यसैगरी जोन चियर पर्सन ओमकार आचार्यले लायनस क्लव अन्तराष्ट्रिय संस्था भएपनि बर्ष भरी आफुले कमाएको केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गरी शिक्षा, स्वास्थ्य र पोषण जस्ता कार्यक्रमहरुमा सचेतना फैलाउने र युवाहरुलाई समाजको एक अंग बनाउन केन्द्रित हुने बताउनु भयो । हाम्रो पोषण हाम्रो स्वास्थ्य बिषयक स्वास्थ्य सचेतना सम्बन्धी तालिमको सहजिकरण स्वास्थ्य शाखा गैडहवाका राम बहादुरगर्नु भएको थियो भने उद्घोषण तथा सशक्तीकरण सम्बन्धी तालिमको सहजिकरण नेपाल बिकास केन्द्रका माधव सापकोटा, स्वास्थ्य पत्रकार कृष्ण घिमिरे, मेची महाकाली संयुक्र बुहारी अभियानका लता खडका र कृषि बिकास बैंकका सिमा बमले गर्नु भएको थियो ।

इभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल,कञ्चन ३ हरैयामा संचालन भएको उक्त कार्यक्रममा लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०२१-०२२ का अध्यक्ष शसिधर सापकोटा, सामुदायिक रेडियो कञ्चनका अध्यक्ष लेखनाथ पौडेल, लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा संचालित आखा अस्पताल सञ्चालनका लागि भवन निर्माणार्थ जग्गादाता तथा लायन्स क्लव अफ कञ्चन हरैयाका द्धितिय उपाध्यक्ष किरन के।सी। बिभिन्न राजनैतिक दलका प्रतिनीधि लगायतले लायन्स क्लव अफ कञ्चन हरैयाको मेगा प्रोजेक्टको रुपमा रहेको लायन्स आंखा अस्पताल छिटै सञ्चालन हुनेमा बिश्वास समेत व्यक्त गर्नु भएको थियो ।लायन्स क्लव अफ कञ्चन लेडी बर्ष २०२१-०२२ का अध्यक्ष मैना कुमारी कार्कीको अध्यक्षता, कार्यक्रम संयोजक तथा लायन्स क्लव अफ कञ्चन लेडी बर्ष २०२१-०२२ का प्रथम उपाध्यक्ष सिता सुनारको स्वागत र कोषाध्यक्ष उमा ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।