धनकुटामा शनिबारदेखि जिल्ला स्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए। उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए।
ए डिभिजन सुपर लिगमा छ टीमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० टीमको सहभागिता रहेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए। धनकुटा फुटबल संघमा १७ टीम आवद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लव सहभागि नभएको राईले जानकारी दिए।प्रतियोगितामा ए डिभिजन सुपर लिगको विजेताले ४० हजार र उप विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।यस्तै, बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता ए डिभिजन सुपर लिगमा बढुवा हुने छ भने ए डिभिजन सुपर लिगको अन्तिम हुने टीममा बी डिभिजनमा घटुवा हुने धनकुटा फुटबल संघका महासचिब गोपाल लिम्बूले जानकारी दिए।
प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश नम्बर–१ र एपीएफ फाइनल प्रवेश
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ र विभागीय टोली एपीएफ क्लव फाइनल प्रवेश गरेका छन्। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै प्रदेश नम्बर–१ फाइनल प्रवेश गर्दा लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै एफिएफ फाइनल प्रवेश गरेको हो।पहिलो सेमिफाइलन खेलमा घरेलु टोली सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश नम्बर– १ ले फाईनलमा स्थान सुरक्षित बनाएका थियो। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले प्रदेश नम्बर–१ सामु ८६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। सो लक्ष्य प्रदेश नम्बर–१ ले १ विकेट मात्र गुमाएर १६ ओभर ५ बलमा भेटाएको हो।
प्रदेश नम्बर–१ का लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको बलियो साझेदारी गरेकी थिइन्। कप्तान रुविना क्षेत्रीले अविजित ३१ रनको पारी खेल्दा काजल श्रेष्ठले २८ रन बनाएर आउट भएकी थिइन्। सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिइन्।यसअघि सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै ८५ रनको सामान्य योगफल मात्रै बनाएको थियो। ७ रन जोड्ने क्रममा सुरुवाती चरणका महत्वपूर्ण ३ विकेट गुमाएको सुदूरपश्चिमका लागि मध्यक्रमकी ब्याट्सम्यान सम्झना खड्काले २७ र कप्तान रितु कनौजियाले २५ रन जोडेकी थिइन्। अन्य ब्याट्म्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्।सुदूरपश्चिमलाई सामान्य लक्ष्यमा रोक्नेक्रममा प्रदेश नम्बर–१ की कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक, एक विकेट लिइन्। खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भइन्।
शनिबार नै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै एपिएफ फाइनल प्रवेस गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै गण्डकी प्रदेश समक्ष १ सय २९ रनको मध्यम लक्षय प्रस्तुत गरेको थियो।एपीएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन्, भने ममता चौधरीले २७, सीता रानामगरले १८, राजमति ऐरी १४ तथा ज्योती पाण्डेयले ११ रन बताएका थिए। बलिङ तर्फ लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान एक एक विकेट लिइन्।१ सय ३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश भने ९१ रनमै समेटिन पुग्यो । पुरै २० ओभर खेलेको लुम्बिनीले ५ विकेट गुमाउँदै ९१ रन मात्रै बनाएको हो। लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाएपनि टीमलाई जित दिलाउन भने असमर्थ रहिन् । यस्तै, लुम्बिनीकी नितु भण्डारीले १८ रन जोडिन् । बलिङ तर्फ एपिएफका लागि रेखा रावलले ३ विकेट लिइन्, भने सीता रानामगरले एक विकेट लगिन् । सो खेलमा एपिएफकी रोमा थापा प्लेयर अफ द म्याच भइन् ।
फाइनल प्रवेश गरेका दुवै टोलीबीच आइतबार (भोली) उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्दितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन्। नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा पुस ३ गते देखि फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफले भाग लिएका थिए।
यु९१९ एसिया कपस् नेपाल टस हारेर फिल्डिङमा
काठमाडौं, ११ पुस । एसीसी यु९१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ ।
युएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।
यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो ।
नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ ।
नेपाली टिम
देव खनाल (कप्तान)
अरुज साउद (विकेट किपर)
बसन्त कार्की
बसिर अहमद
विवेककुमार यादव
गुल्शनकुमार झा
शेर मल्ल
तिलक राजभण्डारी
मोहमद आदिल अलाम
सन्तोष कार्की
विवेक मगर









