कञ्चन जेसिज बर्ष २०२२को अध्यक्षमा जेसि राजन शर्मा

प्रकाशित मिति:

१० पुष,कञ्चन-कञ्चन जेसिज बर्ष २०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ। कञ्चन जेसिजको शनिवार सम्पन्न चौथो साधारण सभा तथा तेश्रो अधिबेशनबाट सर्बसम्मत रुपमा जेसि राजन शर्मा निर्वाचित भएको छ । नेपाल जेसिजको एक व्यक्ती एक पद र एक कार्यकाल नियमानुसार आज बर्ष २०२२ को नयाँ नेतृत्वका लागि हरेक बर्ष अधिबेशन मार्फत नयाँ नेतृत्व सहित बोर्ड गठन गर्ने चलन रहेको छ।

समुदायका लागि प्रभाबकारी नेतृत्व भन्ने नारा सहित कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि राधिका चौधरीको अध्यक्षताममा गठित बोर्डको कार्यावधी सकिनु भन्दा एक महिना अगाडी अधिबेशन मार्फत नया नेतृत्त्वका लागि भएको अधिबेशनमा दुई कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष पदको भने मतदान मार्फत टुङ्गो लगाइने भनिएको भएपनि अन्तिममा सहमतीमा टुङ्गाइएको छ।१८ बर्ष देखि ४० बर्ष उमेर सम्मका युवाहरुको नेतृत्व, व्यक्तित्व र बिश्व बन्धुत्वको भावना बिकास गर्ने साझा बिधालयको रुपमा स्थापित कञ्चन जेसिजको कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष भएको सहमती अनुसार जेसि प्रिया तरामु र जेसि धनपति ज्ञवाली कार्यकारिणी उपाध्यक्षमा निर्वाचित हुनु भएको छ। यस्तै ४ उपाध्यक्ष पदमा जेसि नारायण शर्मा, जेसि निरोज पौडेल, जेसि सुवास पौडेल र जेसि सुवास सापकोटा सर्बसम्मत हुनु भएको निर्वाचन आयुक्त बावुराम पौडेलले जानकारी दिनु भएको छ।

कञ्चन बर्ष २०२२ का लागि अध्यक्ष पदमा कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार तथा संस्थापक महासचिव समेत रहनु भएका जेसि राजन शर्माको मात्र उमेद्धारी परेको थियो भने दुई कार्यकारिणी उपाध्यक्ष पदका लागि जेसि सूर्य प्रसाद ढकाल, जेस प्रिया तरामु र जेसि धनपती ज्ञवालीले उमेद्धारी दिनु भएको थियो।यसैगरी ४ उपाध्यक्ष पदका लागि को उमेद्धारी दिनु भएको थियो । एक सचिव पदका लागि भने जेसि रामनाथ गौतम र सह कोषाध्यक्ष पदका लागि जेसि गंगादत्त ढकाल (राजेन्द्र)को मात्र उमेद्धारी परेकोमा पदीय जिममेवारीको बाँडफाड गर्दा सचिवमा जेसि दिनेश शर्मा सर्बसम्मत निर्वाचित हुनु भएको निर्वाचन आयुक्त बावुराम पौडेलले जानकारी दिनु भएको छ। नेपाल जेसिजको नियम अनुसार कोषाध्यक्ष, महासचिव, कानुनी सल्लाहकार निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रणाली रहेको छ।