पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य समाग्री प्रदान गरियो,
अस्ट्रेलियन एडको आर्थिक सहयोग तथा यु.एम.एन. र ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको सहकार्यमा सञ्चालित कोभिड १९ स्वास्थ्य प्रणाली सुधार परियोजना अन्तर्गत आइतबार पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य समाग्री प्रदान गरिएको छ ।
इन्देणि सामाजिक बिकास मन्च पन्चनगरका कार्यकारी निर्देशक बद्रि प्रसाद सुवेदीको अध्यक्षता एवं प्रतापपुर गाउपालिकाकी कार्य वाहक अध्यक्ष अञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सस्थाद्धारा प्राप्त स्वास्थ्य समाग्रीलाई सही ठाउमा सदुपयोग गरिने र कोभिडको महामारीमा सस्थाले गरेको सहयोग प्रति हार्दिक धन्यबादज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
कार्यक्रममा २ लाख ५० हजार बराबरको स्वास्थ्य समाग्री पालिका अध्यक्ष चौधरीलाई हस्तान्तरण गरिएको थियो भने सोहि अवसरमा शारीरिक अपांगता भएका तिन जाना लाइ ह्वील चिएर, सात जानालाइ सेतो छडि र चार जनालाइ कानमा लाउने मसिन सहित आपतकालिन समाग्री समेत बितरण गरिएको परियोजना समयोजक बिणा चौधरीले जानकारी दिनुभयो । मञ्चका कार्य समिति सदस्य सहनाज नेसाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन परियोजना समयोजक विणा चौधरीले गर्नुभएको थियो ।











