गायक दुर्गेस थापाले आफूले बारम्बार आफू गायक होेइन भनेर स्पष्टिकरण दिदा पनि होच्याउने काम भएको गुनासोे गरेका छन् । बारम्बार बिबादमा पर्ने गायक थापाले मिडियासँग कुराकानी गर्दैै भने–‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होेइन । म स्टेज पर्फमर हुँ । मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ । म त्योे हैसियतको मानिस नै होेइनँ ।’
एक टेलिभिजन कार्यक्रममा ‘बाथरुम सिंगर’ भन्दै आलोचना गरिएपछि आक्रोेशित भएका दुर्गेसले भने–‘कसैकोे कामकोे बारेमा टिप्पणी गर्न पाइन्छ । तर, कसैलाई व्यक्तिगत रुपमा होेच्याउन पाइदैन । उक्त व्यक्तिकोे चित्त दुख्छ कि, उसको पनि मन हुन्छ भनेर सोेच्न आवश्यक छ ।’
थापाले आफूलाई सम्मान गर्ने मानिसलाई आफूले पनि सम्मान गर्ने बताए । भने–‘कसैलाई गिराएर पनि नभन्नुहोस् । किनकी, हामी पनि दुःख गरेर आएका हौैं । हामीसँग पनि धेरै संघर्ष गरेका कथा छन् । कसैलाई होच्याउन हुँदैन ।’दुर्गेसले आफू गायक नभएर स्टेज पर्फमर र इन्टरटेनर भएकोे वुझिदिन आग्रह गरे ।‘म्युजिक खबर म्युजिक अवार्ड’मा वर्षकैै सर्वोत्कृष्ट पपुलर मोडलकोे अवार्ड पाएका दुर्गेसले दर्शकको मायाले आफू यो स्थानसम्म आइपुगेकोे बताए ।











