काठमाडौं, पुस १२ : विदेश जानेहरूका लागि चार अस्पतालबाट कोरोना भाइरसविरुद्ध जोनसन एन्ड जोनसन खोप दिइने भएको छ। यो एक डोज लगाए पुग्ने खोप हो। काठमाडौं उपत्यकाका विभिन्न चार अस्पतालबाट उक्त खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
ती अस्पतालहरु वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु रहेका छन्। खोप लगाउनेले राहदानी र भिसा अनिवार्य रूपमा लिएर जानुपर्ने बताइएको छ।












