स्याङ्जा, पौष १३ । नेपाली काङ्ग्रेस कालीगण्डकी २ लसर्गा माझटोलका नेता धनबहादुर थापाको निधनप्रति गण्डकी प्रदेश नेका संसदीय दलका सचेतक तथा सांसद भागवत् प्रकाश मल्लले श्रदाञ्जली व्यक्त गर्नुभएको छ । कालीगण्डकी वडा नं २ लसर्गा माझटोलस्थित उहाँकै निवासमा मल्लसहितका नेताहरु पुगेका थिए । धनबहादुर थापा नेपाली काङ्ग्रेसमा लामो समयदेखि सक्रिय भएर काम गरेका व्यक्ति हुनुहुन्थ्यो । उहाँको ५६ वर्षको उमेरमा असामयिक निधन भएको हो । उहाँका तिन छोरीहरु पुष्पासिंह राना, प्रमिलासिंह राना र पालिकासिंह राना पनि काङ्ग्रेस राजनीतिमा सक्रिय छन् ।
सोमबार कालीगण्डकी पुगेर सांसद मल्लले मृतकप्रति श्रदाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । सांसद मल्लसहित सो श्रदाञ्जली सभामा नेपाली काङ्ग्रेस स्याङ्जाका उपसभापति शेरबहादुर थापा, क्षेत्र नं २ ख का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव यादवप्रसाद पाण्डे सुन्दर, कालीगण्डकीका सभापति नरबहादुर राना, महाधिवेशन प्रतिनिधिहरु अर्जुनप्रकाश अर्याल, महेन्द्र श्रेष्ठ, चन्द्र राना, यादव कुमार श्रेष्ठ, पूर्व महासमिति सदस्य श्यामप्रसाद भण्डारी, त्रिआ बहुमुखी क्याम्पसका स्ववियु सभापति सुनिल चापागाईं, नेबिसङ्घ कालीगण्डकी सभापति रेश्मीराज न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सो श्रदाञ्जली सभामा बोल्दै सांसद मल्लले थापाको निधनले नेपाली काङ्ग्रेसले एउटा होनहार सिपाहीलाई गुमाएको बताउनुभयो । बुबाको राजनैतिक सपना उहाँका सन्ततिहरुले पुरा गर्ने विश्वास आफूलाई भएको पनि उहाँले बताउनुभयो ।@khabarbhandar












