जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटवलियाको सातौ साधारण सभा मंगलबार सम्पन्न,
रामु भुसाल-पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटवलियाको सातौ साधारण सभा मंगलबार श्रोत केन्द्रको प्रांगणमा सम्पन्न भएको छ । सचेत, सभ्य र समृद्ध समाज निर्माणको अभियान, सुचना प्रविधियुक्त सामुदायिक पुस्तकालय हाम्रो पहिचान भन्ने मुल नाराका साथ सम्पन्न साधारण सभामा श्रोत केन्द्रका अध्यक्ष सुरज केसीको अध्यक्षता रहेको थियो भने बर्दघाट १२ का वडाध्यक्ष मान बहादुर मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा सस्थाको प्रगति तथा आर्थिक प्रतिबेदन अध्यक्ष केसीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वार्ड न्मबर १२ का वडा सदस्य गजेन्द्र बहादुर गिरि, जहदा सिकाई केन्द्रका सचिव कृष्ण प्रसाद काफ्लmे नित्यानन्द मावीका पुर्व प्रअ ईन्द्र कमल तिवारी लगाएतले मन्तब्य राख्नुभएको थियो । श्रोत केन्द्रका उपाध्यक्ष जित बहादुर कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो । सोही साधारण सभाले यही माघ १५ गते श्रोत केन्द्रको अधिबेशन गर्ने निर्णय समेत गरेको श्रोत केन्द्रका ट्रयाग परियोजना समयोजक एवं प्रशिक्षक लक्ष्मी धितांगले जानकारी दिनुभएको छ ।











