कञ्चनमा पनि ल्होसारको अवसरमा विश्वशान्तीको पुजा

प्रकाशित मिति:

१५ पुष, कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा तमुहरुको नयाँ बर्ष ल्होसारको अवसरमा विश्वशान्तीको पुजा गरिएको छ। विश्वमा फैलिएको अस्वस्थ प्रतिस्पर्धा र वेमेलको अन्त्य र कोभिड १९ ले विश्व स्वास्थ्यमा पारेको असरको अन्त्यको कामना गर्दै गत पुष १० गते देखि पुष १४ गते सम्म विशव शान्तीको पुजा गरिएको हो ।

तमु समुदायको नयाँ बर्ष अर्थात पुरानो वर्गबाट नयाँ वर्गमा प्रबेश भएको अवसरमा तमुहरुले बिभिन्न सांस्कृतिक झल्को दिने कार्यक्रमहरु सञ्चालन गरी ल्होसार पर्व मनाउने गर्दछन। यसैक्रममा तमु समुदायको १२ ल्हो (वर्ग) मध्ये गत बर्षको गाई वर्ग (ल्हो)लाई विदाई गरी यस बर्षको बाघ वर्ग (ल्हो) लाई स्वागत गर्दै रुपन्देहीको कञ्चनमा रहेको कर्मा टसी छुलिङ्ग गुम्वामा ५ दिन सम्म विश्वशान्तीको पुजा गरिएको छ। पुष १० गते देखि १४ गते सम्म १५ जना लामा गुरुहरुले ह्यूँ ( ग्रन्थ) पढी विश्वशान्तीको पुजा गरि १४ गते सांझ नै सांगे गरिएको छ भने आज १५ गते नयाँ वर्गका दिन बिश्वशान्तीको कामना सहित ग्रह दशाको पुजा गरी एक सय भन्दा बढी लामा गुरुहरुलाई भोजन गराइएको थियो ।

भाषा हराए संस्कृति हराउन, संस्कृति हराए परम्परा हराउछ र परम्परा हराए मान्छे हराउछ भन्ने नारा सहित गरिएको ग्रह दशा पुजाको शुभारम्भ लामा ङेदन रिम्वोछेले गर्नु भएको थियो । तमु ह्युल छोंजधी गुरुङ्ग रािष्ट्रय समिति,रुद्रपुर ईकाई,कञ्चन रुपन्देहीको आयोजनामा सम्पन्न ल्होसार पर्वमा कञ्चनमा रहेका तमुहरुको उपस्थिती रहेको थियो ।