पुस, १६ कपिलबस्तु । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. (क) कपिलबस्तुकोे आयोजनामा आज एक कार्यक्रमका बीच शुक्रबारराष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा बाणगंगा ८ बोर्डगाउँमा एक कार्यक्रमका बीच भव्य रुपले सम्पन्न गरिएको हो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) कपिलबस्तुका सभापती दुर्गा केसीको अध्यक्षता तथा उपाध्यक्ष कृष्ण मुरालीको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला अध्यक्ष तथा पूर्व मन्त्री कमलेश कुमार शर्माले मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ यस दिवास मनाउँदै आएको बताउँनुभयो ।

उहाँले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको स्मरण गर्दै यो दिवस मनाएको बताउँनु भयो । उहाँले बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि मेलमिलाप नीति निकै सन्दभिकता रहेको र यसलाई दिवासमा मात्र नभएर व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो नेपाली कांग्रेसको विचार र हरेक कर्याकताहरुलाई उर्जावान बनाउँन सके स्थानिय, प्रदेश र केन्द्रमा सधै विजयी हुने जिकिर समेत गर्नुभयो ।
त्यस्तै क्षेत्रीय सभापती अब्दुल मान्नान खाँ ले राष्ट्रिय एकता, पार्टी भित्र एकता, सहयोग र सद्भाव गर्नको लागी ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ निकै नै सन्र्दभिकता रहेको बताउँनुभयो । उहाँले अब स्थानिय निर्वचन आईरहेको अवस्थामा सबै नेपालीहरु सहयोग र सहकार्य गर्दै व्यक्तिको जित नभएर पार्टी र राष्ट्रियताको लागि एक जुट हुनुपर्ने औल्याउनुभयो ।

अन्र्तक्रिया कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. १(क) कपिलबस्तुका पूर्व सभापती सलिकराम चौधरी, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधी अशिष शर्मा, महाधिवेशन प्रतिनिधी कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधी तथा महिला नेतृ विमला गैरे, महाधिवेशन प्रतिनिधी डोलक राम घिमिरे, विपि प्रतिस्ठानका कपिलबस्तु जिल्ला अध्यक्ष युवराज के.सी, वडा सभापती जगन्नाथ भण्डारी लगायतले बोल्दै मुलुकको समग्र रुपन्तरणको लागि मेलमिलाप निकै सन्र्दभिक रहेको बताउँनुभयो । उहाँहरुले संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार रहेको भन्दै यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी बताउँनुभयो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) कपिलबस्तुका सभापती दुर्गा केसीको अध्यक्षता तथा सचिव दल बहादुरको संचालनमा उक्त राष्ट्रिय मेलमिलाप दिवास अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका वडा, नगर,क्षेत्र र जिल्लाका क्रियाशिल व्यक्तिहरुको उपस्थिति रहेको थियो ।












