सीके राउत नेतृत्वको जनमत पार्टीका ९ कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरबाट प्रहरीले सीके राउन नेतृत्वको जनमत पार्टीका ९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा आन्दोलन गरिरहेकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए ।

राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहामा सुरु भएको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनमत पार्टीका कार्यकर्ता रौतहटमा पनि आन्दोलित भएका हुन ।किसानको समस्या समाधान गर्न सरकारले बेवास्ता गरेमा अझै कडा आन्दोलन गर्ने जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक सानु बताउँछन् ।