भैरहवा, १६ पुस- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री अब्दुल रज्जाकले बिपीको मेलमिलापको निती अहीले पनि उत्तीकै सान्र्दभीक रहेको भन्दै पार्टी त्यही निती अनुसार आवश्यकता अनुसार सबैसगं मेल मिलाप गर्दै आएको बताउनुभएको छ ।
४६ औ राष्ट्रिय एकता एवं मेलमिलाव दिवसरको अवसरमा शुक्रावर नेपाली कांग्रेस रुपन्देही भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता राज्जाकले एकता र मेलमिलाप पार्टी भित्र र बाहीर उत्तीकै महत्वपुर्ण र सान्दर्भीक रहेको औल्याउनुभयो । कांग्रेस लोकतन्त्र र राष्ट्रियताकोलागी सधै अडीक रहेको भन्दै लोकतन्त्र र राष्ट्रियता बलीयो बनाउन आवश्यकता अनुसार अन्तरपार्टीसगं पनि मेलमेलीपको निती लिएर अगाडी बढेको बताउनु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य चन्द्र केसीले कांग्रेस एक ढिक्का भएको खण्डमा कांग्रेसलाई कसैले हराउन नसक्ने र कांग्रेस बलीयो हुँदा लोकतन्त्र र रष्ट्रियता पनि बलीयो हुने बताउनु भयो ।
कांग्रेसको १४ औं महाधीबेसन भर्खर सम्पन्न भएको र यसलगत्तै तिन तहका निर्वाचनमा जानु पर्ने भएको हुँदा आन्तरीक चुनावको प्रतिस्पर्धालाई स्वभावीक ठान्दै अवको ध्यान आगामी निर्वाचनमा केन्द्रीत गराउन जोड दिनुभयो । नेपाली कांग्रेस रुपन्देहीका सभापति राकृष्ण खाणले पार्टी भित्र सधै सहमती, सहकार्यका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउदै अन्य निर्वाचनमा जित हासील गर्नकोलागी आन्तरीक सानातिना समस्यामा अल्झीन नहुने बताउनु भयो । उँहाले निर्वाचनमा जित हासिल गर्नकोलागी पनि आन्तरीक रुपमा मेलमिलाप र एकतानै आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य सहीत पत्रकारलाई सम्मान- यसैबिच १४ औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित कांग्रेस रुपन्देहीका निर्वातमान सभापति एवं पुर्व मन्त्री अब्दुल रज्जाकलाई कांग्रेस रुपन्देहीले सम्मान गरेको छ । त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचीत चन्द्र केसीलाई पनि सम्मान गरीएको छ । गोरखापत्र राष्ट्रिय दैनिकको लुम्विनी प्रदेस संयोजका नियुत्ती हुनुभएका नेपाल पत्रकार श्यामशंकर पाण्डेलाई पनि कांग्रेस रुपन्देहीले सम्मान गरेको छ । उँहाहरु तिनै जनालाइ दोसल्ला ओडाएर सम्मान गर्दै सफल कार्यकालकोलागी शुभकामना दिइएको छ । जिल्ला सचिव हरी काफ्लेको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमीरे, पुर्व उपसभापति बिजय सर्मा, क्षेत्रीय सभापतिहरु शुसिल गुरुङ, ओसिउल्लाह मुसलवान, महाधिवेसन प्रतिनीधी बालकुमारी घिमीरे, जिल्ला सदस्य जेवि गुरुङ, क्षेत्र नं ३ प्रदेस क का सभापति सुरेन्द्र जगं थापा, सिद्र्धाथ नगरका उपसभापति देवराज न्यौपाने लगाएतले बोल्दै बिपीको योगदान र मेलमीलापको सान्र्दभीकता बारे चर्चा गर्नु भएको थियो ।












