तिलोत्तमामा नगरस्तरीय सरसफाई ८१ औं श्रृंखलामा

प्रकाशित मिति:

मोहन न्यौपाने /२०७८ पुष १६,–  तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान ८१ औं श्रृंखलामा पुगेको छ । ८१ औं श्रृंखला अन्तर्गत् बिहीबार वडा नम्बर ४ को डिङ्गरनगर जनज्योति मावि सडकमा नगरस्तरीय सरसफाई गरिएको छ । सरसफाई अभियानले निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु तिब्र रुपमा सक्रिय हुन थालेका छन् । जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा अभियान अन्तर्गतको सरसफाई गरिएको हो ।

यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बिहीबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक विदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

वडा नम्बर ४ को सरसफाई अभियानलाई बिहिबार सम्बोधन गर्दै कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालले तिलोत्तमाले अन्य बिकाशका पूर्वाधार जस्तै सरसफाइको क्षेत्रलाई पनि उत्तिकैं महत्व दिएको बताउँदै वडा संगै नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउनुभयो । उहाले सबैको सामूहिक प्रयासले गाउ टोल छिमेक र वार्ड हुदै नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन सकिने बताउँदै जथाभावी फोहोर नफाली सड्ने तथा नसड्ने फोहोरको बर्गिकरण गरि उचित ब्यबस्थापन गर्नुपर्ने बताउनुभयो। जथाभाविओ फोहोर गर्ने र जहातही फाल्नेलाई कारवाही हुने स्पष्ट पार्दै वडा अध्यक्ष ढकालले सरसफाई सबैको दायित्व भएको बताउनुभयो। सो अवसरमा बाताबरण शाखा प्रमुख गोरखंनाथ खनाल, वडा सचिव काशिराम ज्ञवाली वडा सदस्यहरु , कर्मचारी तथा टोल बिकाश र स्थानियहरुको बाहुल्य उपस्थिति रहेको थियो।