नव प्रतिभा बचत तथा ऋण सहकारी सस्थाको २४ औँ बार्षिक साधारण सभा सम्पन्न,

प्रकाशित मिति:

नव प्रतिभा बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट शाखा पश्चिम नवलपरासीको २४ औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले सहकारी र बैंकले गरेको आर्थिक कारोबार एक जस्तो देखिएतापनि तिनिहरुबीच फरक रहेको बताउदै बस्यालले सहकारीबाट लिएको ऋणको तिरिने ब्याज आफ्नै खातामा आउने हुदा सहकारी रोज्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन सस्थाका अध्ययक्ष खरेलले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सस्थाको प्रगति प्रतिबेदन र निति तथा कार्यक्रम सस्थाका सचिव माहन सिँह थापाले प्रस्तुत गर्नुभएको थियो भने सस्थाका प्रमुख कार्यकारी निर्देशक राम प्रसाद काफ्ले्ले आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विशेष अतिथिको रुपमा बर्दघाट नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष तथा बर्दघाट नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, वार्ड नम्बर २ की वडाध्यक्ष दया दर्लामी, सहकारी बैंकका बर्दघाट शाखा प्रमुख सबिना पोखरेल, जिल्ला सहकारी संघकी सदस्य देवी पौडेल लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा जेष्ठ नागरिक, सस्थाको उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उधमी, उत्कृष्ट सेयर सदस्य लगाएतलाई सम्मान गरिएको थियो । सस्थाका बर्दघाट शाखा समयोजक धन बहादुर लुंगेलीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहायक महा प्रबन्धक विमला पाठकले गर्नुभएको थियो ।