१८ पुस, कञ्चनरजगिलाल थापा- रुद्रपुर युवा क्लब,कञ्चन-४,रुपन्देहीको आयोजनामा खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ। क्लबको चौथो बार्षिक उत्सबको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो।फुटबल खेल प्रतियोगिताको शुभारम्भ कञ्चन गाउपालिका वडा नं।४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले गर्नु भएको हो। प्रतियोगिताको सूभारम्भ गर्दै वडा अध्यक्ष क्षेत्रीले खेलकुदले स्वस्थ जीवन बनाउन सहयोग गर्नुका साथै हरेक कार्य गर्दा एकता र सहकार्यको भावना समेत बिकास गर्ने बताउनु भयो।युवाहरुमा सामाजिक उत्तरदायित्व बहन गर्न र लागू औषध दुर्व्यसनीबाट टाढा राख्न पनि खेलकुद महत्वपुर्ण माध्यम बनाउन समेत युवाहरुलाई आग्रह गर्नु भयो।रुपन्देही,कपिलबस्तु र नबलपरासीका १६ फुटबल क्लबहरु सहभागी भएको प्रतोयोगितामा विजेता टिमले ५० हजार रुपैया सहित शिल्ड र मेडल प्राप्त गर्नेछन भने उप बिजेता टिमले नगद ३० हजार रुपैया सहित शिल्ड र मेडल प्राप्त गर्ने क्लबका खेल संयोजक लक्षमण क्षेत्रीले जानकारी गराउनु भएको छ।
कञ्चन गाउपालिका वडा नं।४ स्थित सरकारी बोरिङ्ग बजारमाको खेल मैदानमा सञ्चालाित प्रतियोगिताको सेमिफाईनलमा पुग्ने थप दुई प्रतियोगि टिमले जनही ५र५ हजार रुपैया प्राप्त गर्नेछन। प्रतियोगितामा हरैया एफ सि, वसन्त फुलबारी, बगिया एफ सि, गैडाताल एफ सी, एकता एफ सि, विश्व शान्ती फुटबल क्लब, सुनगाभा एफ सि, बुद्ध स्टार एफ सि, गौतम बुद्ध युवा क्लब, एभरेष्ट युवा क्लब मैनैया, सैनामैना एफ सि, कञ्चन एफ सि, शिव शक्ती एफ सि, मुर्गिया एफ सि, जि बुद्ध र सुनौलो संगम एफ सि गरि १६ फुटबल क्लबहरुले सहभागिता जनाएका छन।हरैया एफ सि र वसन्त फुलबारी बिच भएको प्रतियोगिताको उद्घाटन खेलमा हरैया एफ सिले वसन्त फुलवारीलाई २(०१ गोल अन्तरले पराजित गरि हरैया एफ सिले बिजय शुरुवात गरेको छ।
यस्तै गौतम बुद्ध सामुदायिक बिलास केन्द्र र एभरेष्ट युवा क्लब बिच भएको दोश्रो खेल पेनाल्टी शुटआउटमा गौतम बुद्ध सामुदायिक बिकास केन्द्रले ४(३ को गोल अन्तरले एभरेष्टलाई पराजित गरि बिजयी भएको छ।यसैगरी बगिया एफ सि र गैडताल एफ सि बिच भएको पहिलो दिनको तेश्रो खेलमा ३-० गोल अन्तरले बगिया एफ सि बिजयी भएको आयोजकले जनाएको छ।यसैगरी दोश्रो दिनको पहिलो खेल सैनामैना ऐफ सि र कञ्चन एफ सि बिच हुनेछ भने दोश्रो खेल एकता एफ सि र विश्वशान्ती बिच हुने आयोजकले जनाएको छ। यस्तै दोश्रो दिन शिव शक्ती र मुर्गिया एफ सि बिच तेश्रो खेल हुनेछ।











