ठुलापोखरामा निशुल्क स्वास्थ्य शिबिर

प्रकाशित मिति:

बुटवल । अर्घाखाची ठुलापोखरा सम्पर्क समाज बुटवल रूपन्देहीको आयोजना एवं लायन्स क्लव अफ बुटवल कालिकाको सह आयोजनामा अर्घाखाँचीको ठुलापोखरामा निशुल्क स्त्री तथा प्रसुती रोग शिबिर सम्पन्न भएको छ ।

सिद्धार्थ महिला तथा वाल अस्पताल ९आम्दा०को प्राबिधिक सहयोगमा छत्रदेव गाउपालिका ६ ठूलापोखरामा निःशुल्क स्त्री तथा प्रसुती रोग स्वास्थ्य शिविर संचालन भएको हो ।सो शिबिरमा आम्दा अस्पतालका मे सु डा राजेन्द्र प्रसाद बस्याल र पुर्ब मे सु डा केशव शर्माले १८० जना महिलाको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । जसमध्ये १० जना जटिल खालका बिरामी पहिचान गरि थप उपचारको लागि रिफर गरियको थियो । शिबीरमा भिडीयो एक्सरे र औषधि स्वास्थ्य परिक्षण सबै निःशुल्क सेवा दिईएको कार्यक्रमका संयोजक एवं समाजका उपाध्यक्ष ज्ञान प्रसाद पौडेलले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष गणेश प्रसाद भट्टराई,गाउँ पालिका अध्यक्ष लेखनाथ पोख्रेल , डा.राजेन्द्र प्रसाद वस्याल,डा।केशव शर्मा,वडा अध्यक्ष कमल पौडेल,समाजसेवी नारायण प्रसाद भट्टराई लगायतले मन्तव्य राख्दै समाजले गरेको सामाजिक कामको सराहना गरे । टिका बन्जाडेको संचालनमा भएको कार्यक्रममा लायन्स क्लव अफ बुटवल कालीकाका प्रथम उपाध्यक्ष बसन्त पोख्रेल र द्वितीय उपाध्यक्ष दिपक राज पौडेलले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।