वतावरण संरक्षणवादी हितानको कथा संग्रह ब्लु प्लान्टको भयो सार्वजनिक

प्रकाशित मिति:

१९ पुष, कञ्चन- आइतवार वातावरणवादी लेखक विजय हितान (ब्राइन)द्धारा लिखित पुस्तक ब्लु प्लान्टको सार्वजनिक तथा पुस्तक माथीको टिप्पणी सम्बन्धी जुम कार्यक्रम भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्व विधालयका प्रोफ्रेसर डा। गोविन्द भट्टराईले अहिलेका साहित्यिक श्रष्टाहरुले मानव जातीको बारेमा साहित्यिक श्रृजना गरिएको भए पनि वातावरण संरक्षणकै बिषयमा पहिलो पटक विजय हिताङ्ग (ब्राइन)ले नेपाली भाषामा लेखिएको उल्लेख गर्नु भयो । प्रोफ्रेसर डा। भट्टराईले कुनै दिन नेपालको विश्व विधालयमा वातावरण सम्बन्धी पढाई भएको खण्डमा हिताङ्गद्धारा लिखित ब्लु प्लान्ट सन्दर्भ पाठ्यपूस्तक हुने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

अहिले सुन्दर वातावरण निर्माण गर्नमा सहयोग पुराएका बिभिन्न स्थानका चौतारी र मठ मन्दिरहरुलाई मासेर डोजरे सडक बनाएको जसले गर्दा वातावरण संरक्षणमा घातक साबित हुदै गईरहेको समेत प्रोफ्रेस डा। भट्टराईले दुख ब्यक्त गर्नु भयो ।यसैगरी प्रोफ्रेसर डा। देवचन्द्र सुब्बाले ब्लु प्लान्टमा समाविष्ट कथा कार्वन फुड पिन र उत्सर्जित वातावरणमा पुराएको नोक्सान र स्वस्थ वातावरण निर्माण गर्नमा मानव जातीले खेल्नु पर्ने भुमिकाको बारेमा उल्लेख गरिएको बताउनु भयो।यसैगरी डा।सरिता शर्माले वातावरणिय प्रणालीलाई सन्तुलन कायम गर्न ब्लु प्लान्टले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो। अवको साहित्यिक लेखनीले मानविय सम्बेदनशिलता संगै कृयात्मक पक्षलाई जोड दिनु पर्ने डा। शर्माले जोड दिनु भयो ।यस्तै ब्लु प्लान्ट भित्रको शहरले पन्छाएकी बुहारी शिर्षकको कथामा डा। गिता त्रिपाठीले टिप्पणी गर्नु भयो । डा त्रिपाठीले शहरमा देखिएको पर्यावरणिय प्रदुषणको अन्त्यका लागि बिम्वको रुपमा बुहारीलाई देखाइएको र प्रदुषित शहरले बुहारीलाई कसरी पन्छाइरहेको हुन्छ भन्ने कुरालाई नाटकिय रुपमा प्रेमनिल कथा जोडेको उल्लेख गर्नु भयो ।कथामा लेखकको भनाइलाई नै कथा भित्रको पात्रहरु मर्फत अभिब्यक्त गर्नु लेखकको फरक क्षमता प्रस्तुत भएको टिप्पणीकार डा। त्रिपाठीले टिप्पणी गर्नु भयो ।अर्का टिप्पणीकार देवेनले बिकासको नाममा गरिने प्राकृतिक श्रोत साधनहरुको विनासले पर्यावरणिय सन्तुलनमा पुराउने समस्याहरुका बारेमा प्रस्ट पार्न खोजिएको ब्लु प्लान्ट भित्र समेटिएको उल्लेख गर्नु भयो । कथा भित्र कुनै पनि बिकास गर्नु भन्दा वातावरणिय प्रभाव मुलयांकन गरिनु पर्ने कथा मार्फत आग्रह गरिएको टिप्पणीकार देवेनले उल्लेख गर्नु भयो ।

राजनैतिक दुरदर्षिताको अभावका कारण दिगो बिकासमा पार्ने असरबारे शिक्षा दिन सिर्जना गरिएको कथा भएको लेखक विजय हितानलेभारत हरियाणाबाट विलोक शर्माले गैडालाई चार बर्ष नामक शिर्षक कथामा वन्य जन्तु संरक्षणका लागि वातावरणिय प्रदुषणले पारेको प्रभावबारे सन्देश दिन खोजेको उल्लेख गर्नु भयो । गैडाहरुको संख्यामा कमी हुदै गइरहेको सन्दर्भमा कथाकार हितानले प्राकृतिक श्रोत साधनहरुको संरक्षणमा कथाका पात्र बुढैया मार्फत चेतना प्रसारण गर्न खोजेको टिप्पणीकार शर्माले उल्लेख गर्नु भयो ।महेन्द्र न्यौपानेले बार्षिक उत्सवमा रेड पाण्डा शिर्षकमा लेखिएको कथा भित्र बन्यजन्तुको संरक्षणमा लागेकाहरु प्नि सम्मानति हुने उदाहरण बन्यजन्तु संरक्षणमा लागे बापत रेडपाण्डा नेटवर्क नामक संस्थाबाट सम्मानित भएको र सोही सम्मानबाट प्राप्त रकम नै आफ्नी श्रीमतीलाई बैवाहिक बर्षगाँठमा उपहार दिएको कुरा कथा मार्फत लेखकले उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नु भयो ।कार्यक्रममा दक्षिण बेलायतबाट अमित थेवे, औतारी साइला गुरुङ्ग, भरत लोहोरुङ्ग राई, विष्णु कुमार सिंजाली, विश्व मगर, देवि आले, घन थापा, भक्तपुरबाट हिमलाल श्रेष्ठ, इल्या भट्टराई, इन्दिरा गौतम, जानु कमवाङ्ग, जित बहादुर छन्त्याल, भिम बिरही (धरान) रिता सिंह, पुष्पा खनाल, नानु राना थापा(लण्डन) लगायत ६० जना पाठक तथा समालोचकहरुको सहभागिता रहेको थियो ।