१९ पुष, कञ्चन-रुपन्देहीको कञ्चनमा सञ्चालन भएको खुल्ला फुटवल प्रतियोगिताको दोश्रो दिन ३ खेल सम्पन्न भएको छ। रुद्रपुर युवा कलवको चौथो बार्षिक उत्सवको अवसरमा सञ्चालित दोश्रो दिनको खेलमा तिन वटै पेनाल्टी शुटआउटको आधारमा खेल सम्पन्न भएका छन। पेनाल्टी शुटआउटको आधारमा कञ्चन एफ।सी, बिश्वशान्ती र मुर्गिया विजयी भएका छन।
दोश्रो दिन सैनामैना एफ।सी। र कञ्चन एफ।सी। बिच भएको पहिलो खेलमा दुबै टिमबाट १-१ गोलको बराबरी भएपछि पेनाल्टी शुटआउटको आधारमा कञ्चन एफ सी ६-५को गोल अन्तरले बिजयी भई दोश्रो समिकरणमा प्रबेश गरेको आयोजकले जनाएको छ। यसैगरी एकता एफ सी र विश्वशान्ती बिच भएको दोश्रो खेल पनि दुबै समूहबाट १-१ गोलको बराबरी भएको थियो । निर्धारित समयमा दुबै समूहबाट १-१ गोलको बराबरी भएपछि पेनाल्टी शुटको आधारमा विश्वशान्तीले ५-४ गोल अन्तरले एकता एफ।सीलाई पराजित गरी बिजयी भएको छ।
यस्तै शिव शक्ती र मुर्गिया एफ।सी बिच भएको तेश्रो तथा दोश्रो दिनको अन्तिम खेल पनि पेनाल्टी शुटको आधारमा विजेता घोषणा गरिएको क्लवका खेल संयोजक लक्षमण क्षेत्रीले जानकारी दिनु भएको छ। संयोजक क्षेत्रीका अनुसार मुर्गिया एफ।सीले शिवशक्तीलाई ४-३ गोल अन्तरले पराजित गरी दोश्रो समिकरणको खेलमा प्रबेश गरेको छ।भोली तेश्रो दिन सुनगाभा एफ।सी र बुद्ध स्टार, गौतम बुद्ध युवा क्लव र सुनौलो संगम बिच प्रतिस्पर्धाको समाप्ती संगै प्रतियोगिताको पहिलो चरणका सबै खेल सकिने छ। भोली नै हरैया एफ।सी र बगिया एफ।सी बिच दोश्रो चरणको खेल शुरु हुने खेल संयोजक लक्षमण क्षेत्रीले जानकारी दिनु भएको छ।१६ फुटबल टिमहरुको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया र उप विजेताले नगद ३० हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन। यस्तै सेमी फाइनलमा पुग्ने दुई टिमले पनि जनही ५५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता पुष २४ गते सम्म हुने छ।











