वसन्त आचार्य बुटवल, पुष \ नयाँ शक्ति नेपाल पार्टीको पार्टी केन्दको ५ महिना ५ काम ५ परिमाणलाई सफल बनाउनका लागि नयाँ शक्ति बुटबल उपमहानगरपालिकाले बामदेब भुषालको नेतृत्बमा ५१ सदस्यीय अभियान परिचाल समिति गठन गरेको छ ।
आइतबार बुटबलमा बसेको पार्टीको नगर भेलाले अभियानलाई सफल बनाउनको लागि बामदेब भुषालसहित ७ सदस्यीय सचिबालय सदस्य पनि चयन गरेको छ । सदस्यहरुमा बुटबल उपमहानगरपालिका संयोजक प्रेम बहादुर आर्याल ,बिजय ढकाल , टिकाराम पौडेल , तेज बहादुर राना , नबिना गैरे र सुनिता बराल रहनु भएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रदेश नं। ५ का संयोजक कमल खनालले पार्टी केन्द«को ५ महिना ५ काम ५ परिमाणलाई सफल बनाउनको लागि नयाँ शक्ति प्रदेश ५ गम्भीर रुपमा लागेको बताउदै त्यसलाई जसरी पनि पुरा गर्ने बताउनु भयो । नयाँ शक्तिका रुपन्देही संयोजक किस्मत बिकले अबको राजनितिक सङर्घष भनेको बिकास र समृदि भएको बताउँदै त्यसलाई पुरा गर्नका लागि गाउँ टोलमा पनि पार्टीको कमिटि गठन गर्ने बताउनु भयो । साथै ठूला पार्टी देशको भन्दा पनि पार्टीको स्वार्थमा लागेको बताउदैे ती पार्टीले बिकास र समृद्धि गर्न नसक्ने दाबी समेत गर्नुभयो । नयाँ शक्ति संङख्यामा सानो भएता पनि बिचारमा अगाडी भएको समेत दाबी गनुभयो ।
भेलामा नयाँ शक्ति प्रदेश नं। ५ का प्रवक्ता तथा केन्दि«य कार्यसमिति सदस्य मनिकर कार्की , प्रदेश नं। ५ का कार्यालय सचिब बिमल गरी , रुपन्देहीका आर्थिक बिभाग प्रमुख नर बहादुर सुनार लगायतको सहभागिता रहेको थियो । भेलाको संचालन एबं अध्यक्षता बुटबल उमहानगरपालिका संयोजक प्रेम बहादुर आर्याले गर्नु भएको थियो । ।












