छोटकि रामनगर माविमा व्यवस्थापन समिति चयन

प्रकाशित मिति:

बुटवल । रुपन्देही जिल्लाको ओमसतिया वडा नम्बर ६ नरैनापुरको छोटकि रामनगर माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनल पाँच सदस्यीय समिति चयन गरेको छ । विद्यालय व्यवस्थापन समिति सदस्य पदमा सुभाउति पासी, अमरवती हरिजन, तुलानाथ चौधरी र सुरेन्द्र कुमार केवट निर्वाचित भएका छन् ।

२ सय ५१ मत खसेको निर्वाचनमा सुरेन्द्रकुमार केवट, तुलानाथ चौधरी र चन्द्रभेसर केवट तीनैजनाको बराबर ८१ मत आएको हुंदा निर्वाचन मण्डलले गोलप्रथाबाट दुई जनालाई निर्वाचित गरेको थियो । निर्वाचनमा गाउपालिका अध्यक्ष हिरा केवट, जनता समाजवादी पार्टीसहित दलको गठवन्धनका उम्मेदवारले हारेका छन् । एकजना सदस्य जनमत पार्टीका उम्मेवारले जितेका छन् ।

निर्वाचनमा १८ मत बदर भएको थियो । यस्तै शिक्षा ऐन अनुसार जनप्रतिनिधिको रुपमा ओमसतिया ६ का वडा अध्यक्ष शिव कुमार धवल र शिक्षकबाट राम कैलाश राजभर सचिव रहने व्यवस्था । बिद्यालय व्यवस्थापन समितिको पहिलो बसेको बैठकबाट शिक्षा ऐन अनुसार स्थानीय बुद्धिजिवी रुपमा सदस्य पदमा सद्दाम अलि पठानलाई नियुक्त गरेको वडा अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।