जेष्ठ नागरिकको सहारा बन्दै गैडहवा,४३ सय बढिले पाए न्यानो कपडा

प्रकाशित मिति:

सुरेश परियार,पुष २२ गते- रुपन्देहीको गैडहवा गाउँपालिका जेष्ठ नागरिकको सहारा बन्दै अघि बढेको पाईएको छ । आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गैडहवा गाउँपालिकाले जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक,एकल महिला,विधवा महिला,अंपाग,पिछडा बर्गलाई सम्मान स्वरुप चिसोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो । गैडहवा गाउँपालिका वडा न.१ देखि वडा न.९ सम्म जेष्ठ नागरिक,दलित जेष्ठ नागरिक,एकल महिला,अंपाग,पिछडा बर्ग गरि करिब ४३५५ जनालाई न्यानो स्र्वटर,कम्बल वितरण गरिएको हो ।

जसमा जेष्ठ नागरिकले १७ सय २४ जना,जेष्ठ दलित नागरिक ४७६ जना,एकल महिला ३६० जना,विधवा महिला,पुर्ण अपांग,दलित बालबालिका,लोपन्मुख गरि ४३ सय भन्दा धेरैलाई करिब रु.२८ लाख २५ हजार बराबरको जाडोमा लगाउने न्यानो कपडा प्रदान गरिएको हो ।गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले ज्येष्ठ नागरिक सम्मान तथा न्यायो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कार्य सामाजिक सम्मान भएको बताएका छन् । अध्यक्ष केवटले जेष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताएका छन् । उनले जेष्ठ नागरिकलाई पालिकाले पालन पोषण देखी स्याहार सुसारका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।

ज्येष्ठ नागरिक सम्मानका लागि गाउँपालिकाले सधै रचनात्मक कामहरु शुरुका बर्षदेखी गर्दै आएको बताए । गैडहवामा बिकास निर्माणको गतिले तिब्रता लिईरहेको बताउदै सबै क्षेत्रको बिकासमा फड्को मारेको अध्यक्ष केवटको दावि रहेको छ । जनतालाई स्वस्थ बनाउनु गाउँपालिकाको पनि दायित्व भएको बताए । उनले भौतिक पूर्बाधार संगै लक्षित बर्गका कार्यक्रमलाई संगसंगै अघि बढाएको बताउँदै आफ्नो कार्यकालमा भएका गतिबिधिका बारेमा जानकारी दिंदै संमृद्धि र सुखि गाउँपालिका बनाउने लक्ष्य रहेको बताएका छन् ।

यस्तै,गाउँपालिका उपाध्यक्ष सुभावती यादवले आफूहरु निर्वाचित भएर गाउँपालिकामा आएदेखी लक्षित बर्ग अन्तरर्गत जेष्ठ नागरिक, आदिवासी जनजाती, युवा, दलित, अपाङ्हरुका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी दिइकी छन् । साथै महिलाहरुको क्षेत्रमा बिभिन्न आयआर्जनका सिपमुलक कार्यक्रम संचालन गरिएको बताइन् ।यसैगरि,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी घिमिरेले चिसो बढ्दै गईरहेको बेला गाउँपालिकाले समयमै न्यानो कपडा दिदा ज्येष्ठ नागरिक निकै खुसी भएको बताएका छन् ।जनता नै पालिकाका जर्नादन भएको बताउदै प्रशासकीय अधिकृत घिमिरे स्वास्थ्य लगायत आधारभुत क्षेत्रमा पालिका संवेदनशिल बनेको र बजेट पनि छुटाउदै आएको बताए । गैडहवा गाउँपालिकाको आयोजनामा भएको जेष्ठ सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम आज सम्पन्न भएको हो ।