अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर–६ को अध्यक्षमा कविता सिंह बस्नेत
भैरहवा, पुस २५ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भातृ संगठन अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर–६ को अध्यक्षमा कविता सिंह बस्नेत चयन भएकी छन् ।
भैरहवामा सम्पन्न वडा भेलाले बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा गिताञ्जली अधिकारी, सचिवमा आँचल दुवे, कोषाध्यक्षमा सीता न्यौपाने छन् । भेलामा बोल्दै पार्टी केन्द्रि सदस्य एवं रुपन्देही सह–इन्चार्ज उमा काफ्लेले समाजवादीले महिलाहरुको हकअधिकारलाई सथपित गर्न लागिपरेको बताइन् । सिद्धार्थनगर नगरपालिका उप–प्रमुखसमेत रहेकी काफ्लेले पार्टीलाई बलियो बनाउन महिला सदस्यहरुको अह्म भूमिका रहने बताउँदै समाजवादी भन्दा बाहिर रहेका महिलाहरुलाई पनि पार्टीमा सक्रिय भएर काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारी, जिल्ला कमिटी सदस्य एवं अनेम संघ जिल्ला उपाध्यक्ष सुवर्ण कुँवर, जिल्ला सदस्य तुल्सी खनाल पोखरेल, राधा पाण्डे लगायतले बोल्दै पार्टी निर्माणमा लाग्न आग्रह गरेका थिए । कार्यक्रम सचिव आँचल दुवेको संचलनमा भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को वडा भेला सम्पन्न भएको छ । भेलाले भरत रानाको अध्यक्षतामा २१ सदस्यीय युवा संघ वडा कमिटी गठन गरेको छ ।जसको उपाध्यक्षमा कैलाश कुर्मी, सचिवमा रञ्जन गुप्ता, उप–सचिवमा सिद्धार्थ गैरे र संजय केवट छन् । कार्यक्रममा बोल्दै पार्टी जिल्ला कमिटी सचिबालय सदस्य एवं सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले युवाहरुको काँधमा ठूलो जिम्मेवारी रहेको भन्दै समाजिक र राजनीतिक जीवनलाई सँगसँगै अगाडि बढाउनु पर्ने बताए ।उनले समाजमा रहेका विकृति, विसंगतीविरुद्ध काम गर्न निर्देशन दिँदै वडा र नगरमा पार्टीलाई बलियो बनाउन आग्रह गरे । उनले भने, ‘तपाईंहरुको सक्रयताले नै पार्टी बलियो बन्ने हो । यहाँहरुले इमान्दारिपूर्वक काम गर्नु हुनेछ भन्ने पार्टीले विश्वास लिएको छ ।’
युवा संघका केन्द्रिय सदस्य एवं पार्टी सिद्धार्थनगर सचिव समिर खाँन र युवा संघ नगर अध्यक्ष नितेश जानन्धरले नगरका सबै वडामा कमिटी गठन गरी पार्टी निर्माणमा लाग्न आग्रह गरे । उनीहरुले सामाजिक रुपान्तरणका क्षेत्रमा युवापुस्ता सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नवनिर्वाचित वडा कमिटी पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय सदस्य खाँनले सपथ ग्रहण गराएका थिए । कार्यक्रमको संचालन युवा संघ नगर सचिव ज्ञानु खतिवडाले गरेका थिए ।












