भैरहवा । विभिन्न ऐनहरु पारीत गर्दै रोहिणी गाउपालिकाको दशौ गाउसभा सोमबार धकधइमा सम्पन्न भएको छ ।गाउसभाले चालू आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा र बजेट सिलिङ्ग संशोधन गरेको छ । यस्तै सभाले कर्मचारी कल्याण कोष सन्चालन ऐन २०७८ पारित गरेको छ ।सभमा पेश भएको करार कर्मचारी सामाजिक सुरक्षा कार्यविधि २०७८, रोहिणी गाउँपालिकाको कृषि तथा पशुपन्छी ऐन २०७८, रोहिणी गाउँपालिकाको भूमि विधेयक २०७८, रोहिणी गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८, रोहिणी गाउँपालिकाको वन ऐन २०७८, पारीत गरेको छ । यस्तै रोहिणी गाउँपालिकाको स्थानीय स्वाथ्य तथा सरसफाई ऐन २०७४ को दफा ५ र दफा ३९ मा संशोधन समेत गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।
दशौ गाउँ सभाले न्यायिक समितिको प्रतिवेदन सभामा पेश गरि पारीत गराएको छ । यस्तै आर्थिक ऐनमा संशोधन,गत आर्थिक को प्रगतिको समीक्षा र प्रदेश सरकारको योजना संशोधन समेत गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष सनोज कुमार यादवले आफ्नै कार्यकालमा गाउपालिका भवनको शिलान्यास गर्ने बताए । उनले जिल्ला समन्वय समितिबाट जग्गा प्राप्त भै सकेको र अब छिट्टै टेन्डर आव्हान गरि शिलान्यास गरिने जनाए । उनले यो ५ बर्षमा गाउपालिकाको विकासमा समर्पित भएको र यसमा सबै जनप्रतिनिधिले सहयोग गरेको बताउदै सबैलाइ धन्यवाद ज्ञापन समेत गरे । उनले गाउपालिकामा सुचिकृत ग वर्गका अपांगहरुलाइ तत्कालको लागि ५ हजार रकम प्राप्त गर्ने र आगामी आर्थिक बर्ष देखि प्रती महिना नियमित रुपमा केही रकम राहत बापत उपलब्ध गराउने गाउसभाले निर्णय गरेको जनाए ।
गाउसभाले गाउँपालिकाका उत्कृष्ट कर्मचारीलाइ ूरोहिणी गाउपालिका कर्मचारी पुरस्कारू द्वारा नगद सहित पुरस्कृत समेत गरेको छ । यसरी पुरस्कृत हुनेमा महिला, बालबालिका, अपांग तथा जेष्ठ नागरिक शाखाकी जमुना शर्मा, अहेब बर्षा श्रीस र अनमी निर्मला गौड रहेका छन ।
यस्तै स्तरवृद्धी भएका कर्ण कुमार क्षेत्री, बढुवा भएका सब इन्जिनियर राजकुमार मिश्र, सहायक स्तर पाचौमा बढुवा भएका लव बहादुर घर्ती, बलिराम चौधरी र रामवृक्ष ठाकुर लाई सम्मानित गरिएको थियो । त्यस्तै कोभिडमा दिनरात नभनी खटेका कर्मचारी एवम स्वास्थ्यकर्मी र गाउपालिकामा आएक नया कर्मचारीलाई समेत सभामा सम्मानित गरिएको थियो ।गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिकका उपाध्यक्ष शिवकान्ती चमार, वडा नम्बर १ का वडा अध्यक्ष आविद अलि पठान, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष सानमती पासी, वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर ४ का वडा अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का इन्द्रमान चौधरी, ७ का कार्यवाहक वडा अध्यक्ष दुखनी थारु, नेपाल रेडक्रस सोसाइटी धकधइ उपशाखाका प्रमुख अनिल कुमार कौशल , वडा सदस्य अनरुध खरविन्द, परशुराम गुप्ता, चिन्ताहरण थारु, आलमगीर धोबी, अनिल कुमार यादव लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन गाउपलिकाका शिक्षा मधु प्रसाद घिमिरेले गरेका थिए ।











