आज बाणगंगा ८ बोर्डगाउँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईदै

प्रकाशित मिति:

कपिलबस्तु २७ पुस । आज कपिलबस्तु जिल्लाका विभिन्न स्थानमा ंपृथ्वी जयन्तीको अवसरमा कार्यक्रम गरि मनाईदै छ । सोही अवसरमा राष्ट्र निर्माता बडामहाजधिराज श्री ५ पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । सरकारले पूरै बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छन् । २०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएका छन् । तर जनस्तरबाट भने यो दिवसलाई भव्य रुपमा मनाउने गरेका छन् ।
सोही अवसर स्वतन्त्र नागरिक समाज नेपाल बाणगंगा नगरपालिका ८ ले गरेको कार्यक्रममा सायैं मनिसहरुले एकबद्धता जहेर गरेका छन् । त्यस्तै कपिलबस्तुको बाणगंगामा विभिन्न स्थानमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहालाई भुल्न नहुने भन्दै कार्यक्रको अयोजना गरेको आयोजकले जनाएको छ । बाणगंगा नगरपालिका वडा ८ का वडा अध्यक्ष गुणनीधि भुसालले राष्ट्र निर्माता पृथ्वीनारायण शाहालाई भुल्न नहुने बताउँनुभयो । उहाँले पृथ्वी विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माणमा ठुलो योगदान भएको भन्दै राष्ट्रपित पृथ्वीनारायणको योगदानलाई सधै स्मरण गर्नुपर्ने औल्याउनुभो ।

त्यस्तै बोर्डगाउँमा आयोजित २९९ औं कार्यक्रममा नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा ८ का वडा सभपती जगन्नाथ भण्डारीले पृथ्वी जयन्ती युवाहरुले भुल्न नहुने बताउँनुभयो उहाँले राष्ट्र निर्मतालाई भुल्न नहुने भन्दै स्वतन्त्र नगरिक समजले राम्रो काम गरेको बताउँनुभयो । त्यस्तै पृथ्वी जयन्ती कार्यक्रममा नेकाप एमालेका वाणगंगा ८ का वडा अध्यक्ष गिता भुसाल, दुर्गा अर्याल, सीता भट्टराई आचार्य, सक्रन्ती थारु, राम प्रसाद पौडेल, हरि मल्ला दिवस घिमिरे, सन्त बहादुर क्षेत्री, दामेदर पोख्रेल लगायत सयौंले एकबद्धता जहेर गर्दै उपस्थिति जनाएका थिए ।

 

थप समाचार