ईश्वर सुवेदीर सुरेश/ छन्त्याल-नेपाली काङ्ग्रेस गल्कोट नगर कार्य समिती को वडागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गल्कोट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका को आयोजना मा वडा गत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गल्कोट नगरपालिका वडा १० पाण्डबखानी मा सम्पन्न भएको छ ।नपाली काङ्ग्रेस को १४ औ महाधिवेशन पछि पार्टी लाई एक ढिक्का बनाउदै गल्कोट नगरपालिका को नगर समितीले समग्र पार्टी परिचालन , कार्यकर्ता को विचार,भावना , मर्म अनुरुप आगामी दिन मा पार्टी लाई अगाडी बढाउदै आसन्न निर्वाचन मा पार्टी लाई विजयी गराउने रणनीति का साथ गल्कोट नगरपालिका भरी नै सम्पुर्ण वडा हरुमा ले वडागत रुपमा संगठन संगठन सुदृढीकरण गर्दै कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरिरहेको गल्कोट नगरपालिका का सभापति विरजङ भण्डारी ले जानकारी दिनुभयो ।
कार्यक्रम मा नपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिब गण्डकी थापा अधिकारी ले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ले गरेका निर्णय र संगठन सुदृढीकरणका निर्देशन बारे जानकारी गराउनु भयको थियो । उहाले अब हरेक ठाउमा नेपाली काङ्ग्रेस ले नेतृत्व लिनका लागि काङ्ग्रेस जागरण अभियान गरि वडा र टोल समिति सक्रिय भइ काम गर्नु पर्ने बताउनु भयो । उहाले आगामी दिन मा पार्टी को बिजय निश्चित गराउनका लागि नेतृत्व कार्यकर्ता को नजिक भै ब्यतिगत स्वार्थ भन्दा माथी हुनु पर्ने समेत बताउनु भयो । यस्तै गरि मा नेपालि काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि एवम गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरे ले पार्टी संगठन निर्माण का लागि आफुले निर्वाचनको वेला गरेका प्रतिबद्धता हरुलाइ महसुस हुने गरि काम गरिराखेको बताउनु भयो ।उहाले बाकी बाकी रहेका काम हरु का लागि विभिन्न ठाउँ बाट प्रयास गरिराखेको र गरिरहने प्रतिबद्धता व्यत्त गर्दै , राजनीतिक आस्था, बिचार ,सिद्धान्त मार्फत हुने भन्दै नेपाली काङ्ग्रेस सङ जोडिन सबैलाई आवहान गर्नु भयो ।उहाले भन्नू भयो नेपाली काङ्ग्रेस को नेतृत्व बाट नै सबै कुराको निकास अनि बिकास हुने भन्दै लोकतान्त्रिक पार्टी मा सबै एक्यवद्धता हुनुपर्ने बताउनु भयो ।
कार्यक्रम मा नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि मन्जेस बम मल्ल , राधिका पुन ,जिल्ला सदस्य हिरा काउचा, राम प्रसाद बि क प्रदेस क का सभापति तिलक घर्ती मगर नेपालि काङ्ग्रेस क्षेत्रीय सचीव नारायण ध्वज मल्ल, गल्कोट नगरपालिका वडा न १० का अध्यक्ष भत्त बहादुर घर्ती, क्षेत्रीय सदस्य ज्ञान बहादुर श्रीस नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका १० का सचिब कमल श्रीस पुर्व गा बि स सभापति याम बहादुर काउचा ,अर्चना श्रीस लगायत ले कार्यक्रम को बारेमा बोल्नु भयको थियो । नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका का सभापति विरजङ भण्डारी को अध्यक्षता उप सभापति यज्ञप्रसाद सापकोटा को स्वागत र सचिब लोकनाथ कडेल को सन्चालन मा सम्पन्न भयको थियो ।त्यस्तै यसैविचमा गल्कोट नगरपालिका १० पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन भएको छ।गल्कोट नगरपालिका वाड न १० पाण्डवखानी को आयोजना र सि आइ टि इ ईन्टरनेशनल को सहजीकरण मा वडा भित्र का ६ वटा विद्यालय का प्राथमिक तहका शिक्षक हरुका लागि आज देखि सुरु भै पौष ३० सम्म सन्चालन हुने गरि मन्टेश्वरी विधि मा आधारित शिक्षक पुनर्ताजकिकरण कार्यक्रमको आज पाण्डबखानी माध्यमिक विद्यालयमा उद्घाटन गरियको छ ।कार्यक्रम को उद्घाटन गर्दै गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरेले बालबालिका हरुलाइ २१ औ सताब्दिको शिक्षा प्रणाली अनुसार बालमैत्री अनुकुल वातावरणमा शिक्षा दिनु पर्ने बताउनु भयो । शिक्षण सिकाइ को उत्कृष्ट प्रविधि मध्य को मन्टेश्वरी प्राविधि द्वारा बालबालिका हरुलाइ शिक्षा दिनु पर्ने भन्दै शिक्षक हरुको विद्यार्थी केन्द्रित विधि द्वारा शिक्षण सिकाइ विधि अपनाइ असल र सीप युत्त शिक्षक निर्माणमा यस कार्यक्रम ले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रम मा गण्डकी थापा अधिकारि प्रशिक्षक उत्तम दाहाल ले शुभकामना मन्तव्य राख्नु भयको थियो ।
कार्यक्रम मा करिव ४० जना सहभागी शिक्षक हरुलाइ प्रशिक्षक उत्तम दाहाल र सोनि पौडेल तामाङ ले सहजीकरण गर्नु भयको थियो कार्यक्रम गल्कोट नगरपालिका वडा न १० का अध्यक्ष तिलक घर्ती मगर को अध्यक्षता चन्द्र कुमारी श्रीस को स्वागत र पाण्डबखानी माध्यमिक विद्यालय का प्रधानध्यापक नर बहादुर सुनार नवीन को सन्चालन मा सम्पन्न भयको थियो ।











