प्रकाश न्यौपाने
पौष २८ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ स्थित बन्डाखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन। मृतक सोही ठाउँ निवासी बर्ष २६ को दिनेश थारु रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ।
मृतको सव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा पठाईएको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।












