बुटवल, २८ पुस । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरपालिकाको दोस्रो बैठक सम्पन्न भएको छ ।बुटवल उपमहानगर कमिटीका अध्यक्ष चिन बहादुर गुरुङ्गको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सल्लाहकार एवं पूर्व सांसद रामचन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईं, पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह– इन्चार्ज सिद्धिचरण भट्टराई, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय हिराध्वज शाह र शंकर पहारीलगायतले मन्तव्य राखेका थिए ।बैठकमा यही माघ २९ गतेभित्र शाखा कमिटी गठन गर्न बाँकी रहेका वडाहरुमा कमिटी गठन गर्ने, शाखा कमिटी गठन भएका वडाहरुमा टोल कमिटी गठन गर्ने, भातृ संगठन गठन गर्ने निर्णय भएको छ ।
त्यस्तैगरी पार्टी सदस्यता नवीकरण तथा सदस्यता वितरण गर्ने, तिन महिने पार्टी सुदृढीकरण एवं घरदैलो अभियानलाई समेत तिव्रता दिने निर्णय भएको बुटवल उपमहानगर कमिटीका सचिव लोकराज शर्माले बताए ।उक्त बैठक बुटवल उपमहानगर कमिटीका उपाध्यक्ष रुक्मागत घिमिरेको स्वागत मन्तव्यमा सचिव लोकराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।











