तिलोत्तमामा अत्याधुनिक जिम हाउस सञ्चालनमा

प्रकाशित मिति:

मदनबाबू /बुटवल- रुपन्देहीको सुन्दरनगरी एबम नेपालकै उत्कृष्ट तिलोत्तमा नगरपालिका नगरपालिकामा अत्याधुनिक उपकरण तथा मेसिन सहितको जिम एण्ड फिटनेस सेन्टर सञ्चालनमा आएको हो ।तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित बनबाटिका नजिकै पशुपतिपथमा पश्चिम नेपालकै चर्चित बरिस्ठ स्त्री रोग विशेषज्ञ डाक्टर प्रदिप कुमार श्रीवास्तब(डाक्टर पि.के.)ले पि.के।कम्पनी प्रा.लि.भित्र रेस्टुरेन्ट , वार , इनडोर स्विमिंग पुल सहित अत्याधुनिक उपकरण तथा मेसिन सहित नगर भित्रकै सर्वोत्कृष्ट जिम एण्ड फिट्नेस सेन्टर सञ्चालनमा ल्याउनु भएको हो ।

उक्त जिम हाउस ५० लाख भन्दा बढी को लगानिमा खोलिएको हो ।यस्ता अत्याधुनिक उपकरण तथा मेसिन सहित खोलिएको जिम हाउस मार्फत आफ्नो जिबन स्वस्थ , फिटनेस र ब्यस्त राख्न भरपुर प्रयोग गर्ने छौ भन्दै स्थानियले खुसि ब्यक्त समेत गरे ।डाक्टर श्रीवास्तबले छिमेकिको सोच साथ सपोर्ट र साथि भाइ र इस्ट मित्रको माया सद्भाव र प्रेमले यो सम्भब भएको बताउनु भयो ।जिम हाउसमा प्रयोग हुने उपकरण तथा मेसिनहरु युवा तथा वृद्ध अवस्थाका आम समुदायलाई स्वस्थ निरोगी बनाउने खालको रहेको डाक्टर पि. के। कम्पनि प्रालिका सुभचिन्तक युबराज घिमिरेले बताउनु भयो ।

जिम हाउसको सुभारम्भ कार्यक्रममा साझा हस्पिटल प्रालि बुटवलका प्रशासकीय अधिकृत मेघराज भट्टराई र लेखा अधिकृत प्रकाश भण्डारीको पनि उपस्थित रहेको थियो । डाक्टर श्रीवास्तवको नयाँ सोच ,जोसजागर र नयाँ काम देखेर आफु खुसि भएको र उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।डा.श्रीवास्तवले प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वको बहन गर्नु पर्ने बिचार घिमिरे , भट्टराई र भण्डारी तिनै जनाको रहेको थियो ।

थप समाचार