मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर अध्यक्षमा रोशन बहादुर थापा सर्वसम्मत चयन
भैरहवा, २ माघ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर नगर कमिटीको चौथो नगर अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रोशन बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा गोपाल परियार, सचिवमा कृष्ण मल्ल ठकुरी, उपसचिवमा लेखा पौडेल र कोषाध्यक्षमा प्रविन आचार्य रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले खेलाडीको संरक्षण गर्न खेलप्रेमीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले खेलकुद जीवनको अभिन्न अंग भएको बताए । अध्यक्ष आचार्यले संकटको बेलामा संघ–संस्था सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘खेलकुदले समाजमा सद्भाव कायम गर्छ, विभेदको अन्त्य गर्छ ।’नेपाल हायसी–हा सितोरियो काई कराँते डो संघका केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार गिरीले नयाँ कार्यसमितिले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीका अध्यक्ष कृष्ण देवकोटाले एकेडेमीले खेलकुदसंगै विभिन्न सामाजिक कार्य समेत गर्दै आएको बताए । उनले विभिन्न कार्यक्रममा एकेडेमीको सहभागिता हुँदै आएको बताए ।एकेडेमीका रुपन्देही जिल्ला सचिव विनोद आचार्यले सबैका लागि खेलकुद भन्ने नाराका साथ एकेडेमी अगाडी बढेको बताए । त्यस्तै एकेडेमीका तिलोत्तमा नगर कमिटी अध्यक्ष मिलन रानाले नेपालका ७७ वटै जिल्लामा एकेडेमी चलायमान रहेको बताए । मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिद्धार्थनगर नगर कमिटीका निवर्तमान अध्यक्ष मिलन दर्लामीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।












