४ माघ, कञ्चन- रुपन्देहीको गैडहवा गाउपालिकामा गाउपालिका स्तरिय भलिवल प्रतियोगता शुरु भएको छ। सूर्यपुरा साथी सञ्जालको आयोजना तथा गैडहवा गाउपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।गैडहवा गाउपालिकाका १८ भलिवल समूहले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले नगद ३० हजार रुपैया र जर्सी सहित मेडल समेत प्राप्त गर्ने छन। यसैगरी उपविजेता टिमले नगद १५ हजार रुपैया सहित जर्सी र मेडल प्राप्त गर्ने साथी सञ्जालका अध्यक्ष द्वारिक हरिजनले जानकारी दिनु भएको छ। गैडहवा गाउापलिकाको कार्यलय नजिकै सञ्चालल गरिएको प्रतियोगितामा गैडहवाका धुपही , सिर्जनशिल, जोगडा, गैडाताल , ऐचावल , हसनापुर, पिपरहवा, सूर्यपुरा मा।बि।, डाफे मुनाल , सूर्यपुरा युनिक रोयल,विशवरिया, भलिवल पटेल समूह र आयोजक गरी १८ टिमले सहभागिता जनाएका छन।
गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले उद्घाटन गर्नु भएको प्रतियोगितामा तेश्रो अर्थात सान्त्वना हुने टिमले नगद ८ हजार सहित जर्सी र प्रमाण पत्र पाउने छ। प्रतियोगिता अवधिभर उत्कृष्ट सटर र ब्लकर गरी दुई जनालाई समेत सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष द्वारीका हरिजनले जानकारी दिनु भएको छ।प्रतियोगिताको उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बच्चुलाल केवटले खेलकुदको माध्यमबाट किशोर किशोरीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्नमा सहयोग पुग्ने बताउनु भयो । अध्यक्ष केवटले खेलकुद राष्ट्र र स्वास्थ्यको लागि खेलिने भएपनि यसले सामुहिक एकता, समन्वयता र सहनशिलताको समेत बिकास गर्ने बताउनु भयो । यस्तै गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका बिशिष्ट अतिथि चिरञ्जिवी घिमिरेले जसरी प्रतियोगिता जित्न टिम भित्र समन्वय, एकता र सहकार्य गरिन्छ त्यसरी नै आफ्नो गाउ समाज निर्माण गर्नमा पनि सामुहिक एकता र समन्वयको बिकास गर्न सके समृद्ध गैडहवा बनाउन कुनै गाह्रो नहुने बताउनु भयो ।
प्रतियोगिताको पहिलो दिन ५ खेल सम्पन्न भएका छन। प्रतियोगिताको पहिलो दिन धुपही बि र ऐचावल ए बिच भएको प्रतिस्पर्धामा ऐचावल ए विजयी भई दोश्रो चरणमा प्रबेश गरेको छ भने भलिवल पटेल समूह र बिश्वरिया बिच भएको दोश्रो खेलमा बिश्वरिया बिजयी भई दोश्रो चरणमा प्रबेश गर्न सफल भएको आयोजकले जनाएको छ। यस्तै डांफ मुनाल बि र सिर्जनशिल बिच भएको तेश्रो खेलमा डांफेमनाल बिजयी भएको छ भने धुपही ए र जोगडा बिच भएको चोथो खेलमा धुपही ए बिजयी भई दोश्रो चरणमा प्रबेश गर्न सफल भएको छ। यसैगरी गैडहाताल ए र सूर्यपुरा साथी सञ्जाल ए बिच भएको पहिलो दिन अन्तिम खेलमा गैडहवा ए विजय भएको आयोजकले जनाएको छ।











