५ माघ, कञ्चन-गैडहवामा जारी पालिका स्तरिय भलिवल प्रतियोगिताको तेश्रो दिन ४ खेल सम्पन्न भएका छन। तेश्रो दिन सम्पन्न खेलमा बिश्वरिया, डांफे मुनाल युवा क्लव र हसनापुर युवा क्लव विजयी भएका छन।सूर्यपुरा साथी सञ्जालको आयोजना तथा गैडहवा गाउपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको तेश्रो दिन ऐचावल ए र डांफे मुनाल युवा क्लव बिच भएको पहिलो खेलमा ऐचावल ए विजयी भई सेमिफाइनलमा प्रबेश गर्न सफल भएको छ भने बिश्वरिया र जोगडा बिच भएको दोश्रो खेलमा बिश्वरिया बिजयी भइ सेमी फाइनलमा प्रबेश गरेको छ।
यस्तै तेश्रो दिन नै सूर्यपुरा साथी सञ्जाल र डांफे मुनाल युवा क्लव बिच भएको खेलमा डांफे मुनाल बिजयी भई सेमी फाइनलमा प्रबेश गर्न सफल भएको सूर्यपुरा साथी सञ्जालका अध्यक्ष द्वारीका हरिजनले जानकारी दिनु भएको छ। यस्तै बुधवार नै हसनापुर युवा क्लव र एैचावल ए बिच भएको पहिलो सेमीफाइनल खेलमा हसनापुर युवा क्लव बिजयी भई फाइनलमा प्रबेश गर्न सफल भएको छ।
गैडहवा गाउपालिकाका १८ स्थानिय भलिवल क्लवहरुले सहभागित जनाएको प्रतियोगिताको चौथो दिन बिहिवार बिश्वरिया र डांफे मुनाल युवा क्लव बिच दोश्रो सेमि फाइनल खेल हुने छ भने बिहिबार नै फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिमले २० हजार रुपैया सहित जर्सी, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले १५ हजार रुपैया सहित जर्सी सहित मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ। यस्तै प्रतियोगितामा तितृय हुने टिमले ८ हजार रुपैया सहित जर्सी, मेडल र प्रमाण पत्र पाउने छन भने प्रतियोगितामा उत्कृष्ट सटर र ब्लकरले समेत पुरस्कार पाउने साथी सञ्जालका अध्यक्ष द्वारिका हरिजनले जानकारी दिनु भएको छ। प्रतियोगिता गैडहवाको मंगलपुरमा गत माघ ३ गते देखि शुरु भएको हो











