तिलोत्तमा,माघ ५ गते २०७८ । भौतिक निर्माणले सुबिधा सम्पन्न बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ११ को आफ्नै भवन उद्घाटन गरिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा सुब्यबस्थित पर्यटकिय वडा भवनको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र नगर उपप्रमुख जागेश्वर देवी चौधरीद्वारा संयुक्त समुद्घाटन गरिएको हो। चारैतिर ब्यबस्थित पोखरी, पोखरीमा खेलिरहेका माछा र बोटिंगको समेत रमणिय दृश्य सहित सुबिधा रहेको सो वडा भवन कार्यालय आफैमा महत्वपूर्ण रहेको छ।
वडा बासीको सहजताका लागी सेवा प्रवाहलाई छिटो छरितो गराउन आफ्नै भवनमा सेवा सुचारु भैरहेको वडा अध्यक्ष मुक्ति नारायण चौधरीले बताउनुभयो। घुमाउरो शैलीमा निर्माण गरिएको तिलोत्तमाको यो नै पहिलो वडा भवन हो। चारैतिर पोखरीलाई वाल लगाई सुब्यब्स्थित पर्यटकिय हिसाबले पनि रमणीय बनाइएको सो भवनको बिचमा पनि सिसाको ग्राउण्ड सिलिङ्ग रहेको छ जहाबाट पोखरीका माछा समेत हेर्न सकिन्छ। त्यस्तै बोटिङ्ग सुबिधा समेत लिएर आएको वडा भवन सेवा सहजता संगै आन्तरिक तथा बाह्य पर्यटन क्षेत्र समेत हुने अनुमान छ।
समुद्घाटनमा आफ्नो कुरा राख्दै तिलोत्तमा नगरपालिका का नगरप्रमुख बासुदेव घिमिरेले ऐतिहासिक स्थलमा बनाइएको वडा भवन तिलोत्तमकै नमुना वडा भवन रहेको बताउनुभयो। उहाले सेवा प्रबाहका साथ् वडा बासी हरुमा समेत पर्यटनको एउटा इट्टा थपिएको बताउनुभयो। निर्माणका चरणमा धेरै दुख खेप्नुपरेको बताउदै नगरप्रमुख घिमिरेले निर्माण सम्पन्न भैसकेर सेवा प्रबाह गर्दासम्म धेरै खुसि समेत ब्यक्त गर्नुभयो।सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले सेवा सहजता र पर्यटकिय हिसाबले समेत नमुना वडा बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो। भाडामा बसेर सेवा दिंदा सेवाग्राही र कर्मचारिमा छाएको नैराश्यता अब टुङ्गिएको बताउदै उहाले अबको मिसन सेवा सहजता र यो वडालाई पर्यटकिय क्षेत्रको नाममा चिनाउनुपर्ने बताउनुभयो।
सोअवसरमा वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरी, नगरप्रबक्ता सुरेन्द्र श्री,वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे, वडानम्बर ३ का अध्यक्ष टंक प्रसाद तिवारी, वडानम्बर ५ का अध्यक्ष चेत नारायण भण्डारी, वडानम्बर १० का अध्यक्ष ब्यासमुन थारु, वडा सदस्यहरु राधा शाही ठकुरी, वडा सचिवहरु,कर्मचारी टोल बिकाश तथा स्थानिय वडा बासीको उपस्थिति रहेको थियो।निर्माण सम्पन्न भएको सो वडा कार्यालय बाट सबै सेवा सहज तरिकाले सम्पादन हुदै आएको छ। वडा सदस्य राधा शाही ठकुरीको स्वागत मन्तब्य बाट शुरु सो कार्यक्रमको संचालन सचिव गङ्गा खनालले गर्नुभएको हो।











