अलांैकिक पिताश्री ब्रह्मा बाबाको बुटवलमा ५३ औं स्मृति दिवश मनाईयो

प्रकाशित मिति:

बुटवल ,६ माघ । ग्लोबल पिस रीट्रीट सेन्टर बुटवल तामनगरको आयोजनामा अलांैकिक पिताश्री ब्रह्मा बाबाको ५३ औं स्मृति मनाईएको छ । बाबाको स्मृति दिवसको अवसरमा विश्व शान्ति योग दिवस पनि मनाईएको हो । विश्वभर जनवरी १ बाट सञ्चालन गरिएको त्रीदिवसीय बिश्व शान्ति तपस्या योगको समापन पनि बिहिबार नै गरिएको छ । भारतको हैदराबाट जन्मिएका दादा लेखराजले ८५ वर्षको उमेरमा ध्यानमा बस्दा ज्ञान प्राप्त गरेको र त्यही ज्ञानलाई ब्रह्मकुमारी विश्वविद्यालय हुँदै अहिले विश्वभर प्रचार प्रसार गरिएको सेन्टरले जनाएको छ ।

बाबाको स्मृति दिवसको अवसरम योग सञ्चालन गर्दै आएको ग्लोबल पिस रीट्रीट सेन्टर बुटवलले जनाएको छ । मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक श्वामी लोकानन्द महाराजले ग्लोबल पिसी सेन्टर अहिले संस्कृति र प्रकृत्ति बिचको सम्बन्ध बनेको बताउँदै आपसी भाईचारा अभिृबद्धि गर्दै शान्ति स्थापना सहयोग पुराएको बताए ।कार्यक्रमको प्रमुख अथिति समेत रहेका उनले हरेक मानिस बच्चा बन्न सके जीवनमा सच्चा बन्न सकिने बताउँदै राजयोग र साधनबाटै ब्रह्मकारी बन्न सकिने बताए । बह्मकुमारी नेपालका सह–निर्देशिका बह्मकुमारी कमलाले ध्यान र योगबाट नै मनमा शान्तिको स्थापना हुने भएकाले ब्रह्मा बाबाको स्मृतिमा विश्व भर योगको आयोजना गर्दै आएको जानकारी दिईन ।अहिले मानिस आध्यात्मिक सुख भन्दा पनि भौंतिक सुखमा रमाईरहेको उनले बताउँदै ध्यान र योगबाट नै मानिसलाई आध्यमित्क शान्ति मिल्ने दाबी गरिन । ब्रह्मकुमारीका अन्र्तराष्ट्रिय प्रशिक्षक राजु घलेले प्राकृतिक प्रकोप , गृहयुद्ध र तेश्रो विश्व युद्धबाट नै कलियुगको अन्त्य हुने दाबी गरे ।

उनले कलियुगको अन्त्यको समय नजिक आईरहेको संकेत गर्दै आत्मालाई परिवर्तन गर्दै अध्यात्मिक बन्नको लागि शुझाब दिए । उनले नराम्रो स्वभाव त्याग्न सके आत्मा पवित्र बन्ने दाबी गरे । यस्तै कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले धर्मले मानिसलाई अनुसासनमा राख्ने भएकाले धर्म संविधान जस्तै भएकाले पालना गर्नु पर्ने बताईन ।मनशान्ती र उर्जावान बन्नको लागि योगको आवश्यकता रहेको उनले बताउँदै ब्रह्मकुमारी विश्वविद्यालयले यसमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरिने । कामधेनु गौशालाका सञ्चालक योगि शोमराज जि महाराज , शिव पितृ स्मृति धाम तामनागरका सन्त श्री महिशरण , ब्रह्मकुमारी बुटवलका सचिब ब्रह्मकुमार नरेन्द्र , बह्कुमार भरत लगायतले कार्यक्रममा बोलेको बह्मकुमार ऋषिले जानकारी दिए ।