मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

प्रकाशित मिति:

१५ माघ, काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेको थिएन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो ।

 

यस्तै अञ्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनील बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो ।