एमाले अध्यक्ष ओलीविरूद्ध जिल्ला प्रशासनमा उजुरी, संक्रामक राेग कसुर अन्तर्गत कारबाही गर्न माग

प्रकाशित मिति:

भक्‍तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । ओलीले जानीजानी कोरोना संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको हो।

अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् दर्ता गरेको उजुरीमा संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेकाले कारबाही गर्न माग गरिएको छ ।

२०७८ साल माघ १२ गते ओली आफू कोरोना संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागि भएर संक्रमण फैलाएको आरोप उजुरीमा लगाइएको छ ।

 

थप समाचार