बुटवलमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप  लगाउन सुरु

प्रकाशित मिति:

मधुसूदन नेपाल – बुटवल उप-नगरपालिकाले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप  लगाउन सुरु गरेको  छ ।आज (आइतवार) देखि माघ २१  गतेसम्म पहिलो दिन २२ वटा , दोस्रो दिन  २४ वटा र  तेस्रो  दिन १५ वटा  चौथो दिन १३ वटा र अन्तिम दिन ८ वटा गरि  बुटवल उप-नगरपालिका भित्रका विद्यालयलाई खोप केन्द्र तोकी खोप लगाउने  उप-नगरपालिकाको  स्वास्थ्य साखाले जानकारी दिएको छ ।

कोरोना विरुद्धको मोर्डना खोप पहिलो डोज बुटवलमा २९ देखी ३०   हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ ।खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा जन्म दर्ता देखाइ विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएको छ ।खोप बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको खोप केन्द्रहरूबाट लगाउन सकिनेछ ।

नविन औद्योगिक कदर बहादुर रीता मा . वि देविनगरमा रहेको खोप केन्द्रमा विद्यार्थीहरुले खोप लगाउदै