अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले गठबन्धन सरकारविरुद्ध मोटरसाइकल र स्कुटर डोर्याउँदै प्रदर्शनम (तस्विरहरु )
मधुसूदन नेपाल – नेकपा एमाले निकट अनेरास्ववियु बुटवल नगर कमिटीले स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै बुटवलमा मंगलवार भण्डाफोर विरोध प्रदर्शन गरेको छ ।
बुटवल मिलनचोक देखि राजमार्ग चौराहा सम्म गरिएको प्रदर्शनमा उनीहरूले मोटरसाइकल र स्कुटरमा विभिन्न विरोध पर्चा टासी डोर्याएका थिए । अनेरास्ववियु केन्द्रीय सर्कुलर अनुसार रुपन्देहीका सबै क्याम्पसको मूल गेटमा ब्यानर राख्दै स्थानीय तहको निर्वाचनको माग गर्दै कालो ब्यानर स्वरूप सांकेतिक विरोध गरिएको जिल्ला सचिव प्रकाश पराजुलीले जानकारी दिए ।अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले “प्रदर्शनमा तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न र मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरे । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई कारवाहीको माग गरे ।”
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय सदस्यहरू साजन भण्डारी, आशिष गौतम, अनेरास्ववियु रूपन्देही अध्यक्ष शेषकान्त लगायतले बोलेका थिए ।




















