प्रकाश न्यौपाने
माघ–१९
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा लागुऔषधको कारोबार
गर्ने २ जना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय बर्दघाटले बर्दघाट–४, हरियालीनगरमा बस्ने २ पुरुषलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय बर्दघाटले जानकारि दिएको छ ।
सुचनाका आधारमा उनीहरुको घरमा खान्तलासी गर्दा ठुलो मात्रामा लागुऔषध फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो । आईतवार बर्दघाट–४, हरियालीनगरका ३६ बर्षीय सन्तोष तुलाचनको घरमा खान्तलासी गर्दा कोठामा खाडलखनी गाठेर राखेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनु भयो ।
लागुऔषध फेला परेसंगै पक्राउ परेका तुलाचन र कारोवारमा सम्लग्न २३ बर्षीय सुरज रजाली मगरलाई नवलपरासी जिल्ला अदालतमा म्याद थप गरी थप अनुसन्धान गरीरहेको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनु भयो ।
प्रहरीले लागुऔषधका कारोवारी तुलाचनको घरवाट विभिन्न प्रकारका लागुऔषध सहित नगद ११ हजार एक पचिस रुपैया पनि बरामद गरेको छ ।












