रन्यौरा प्रहरीद्धारा ठुलो परिमाणमा अवैध चिनी र युरिया बरामद

प्रकाशित मिति:

सुरेश परियार,माघ १९ गते- इलाका प्रहरी कार्यालय रन्यौराले ठुलो परिमाणमा अवैध चिनी र युरिया(मल)बरामद गरेको छ । रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेको कमाण्टमा खटिएको टोलीले रुपन्देहीको सुद्धोधन वडा न.२ खड्वा भन्ने स्थानबाट सो सामान बरामद गरेको हो ।

मंगलबार(हिजो) लु १त ३३६५ न.ट्याक्टरको ट्रलिमा लुकाएर राखिएको अवस्थामा ३५ बोरा(१७.५ क्विन्टल) चिनी,८ बोरा युरिया बरामद गरिएको प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।प्रहरीका अनुसार चिनीको बजार मुल्य जम्मा रु.१ लाख ५७ हजार र युरियाको रु.१० हजार बढी पर्न जाने अनुमान गरेको छ ।

बरामद भएको ट्याक्टर सहित चिनी र युरिया आवश्यक कार्वाहिका लागी भैरहवा भन्सार कार्यालय पठाइएको छ । अवैध रुपमा हुने क्रियाकलापलाई नियन्त्रण गर्न विशेष रणनिति बनाएर रन्यौरा प्रहरी तैनाथ भएको पाइएको छ ।

 

थप समाचार