१८ माघ, कञ्चन- ईलाका प्रहरी कार्यलय,रुद्रपुर रुपन्देहीले जिल्ला प्रहरी कार्यलय रुपन्देहीको समन्वयमा कञ्चनका मुसहर बस्तीमा न्यानो कपडा बितरण गरेको छ।कञ्चनका ५० जना अती बिपन्न मुसहर परिवारलाई सितलहरबाट बचाउन न्यानो बितरण गरिएको ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी निरिक्षक राजाराम यादवले बताउनु भएको छ। कञ्चन गाउपालिका वडा नं।२ का वडा अध्यक्ष शेर बहादुर थारु,कार्यपालिका सदस्य रेनु कुवँर र वडा सदस्य उमा सुनारको समेत उपस्थिति रहेको न्यानो कपडा बितरण कार्यक्रममा आर्थिक रुपमा कमजोर अन्य समुदायका बिपन्न परिवारलाई समेत न्यानो कपडा बितरण गरिएको थियो।
स्थानिय जनप्रतिनीधिहरुको समन्वयमा मुसहर परिवारहरुलाई कम्मल,सुईटर,जुत्ता,टोपी, ट्राउजर लगायत न्यानो कपडा बितरण गरिएको प्रहरी निरिक्षक यादवले बताउनु भएको छ।प्रहरीद्वारा बितरण गरिएको न्यानो कपडाले बिपन्न मुसहर परिवारलाई थोरै भएपनि राहत हुने वडा अध्यक्ष शेर बहादुर थारुले बिश्वास ब्यक्त गर्नु भएको छ। न्यानो कपडा पाएपछि मुसहर परिवारले खुशी ब्यक्त गरेका छन। कञ्चन गाउपालिकाको बडा नं।१ र २ मा गरि करिब ७० घर लोपोन्मुख जातीको रुपमा रहेको मुसहर परिवार रहेका छन। कञ्चन गाउपालिकाले आ।व। २०७५र७६ र आ।व। २०७६र७७ मागरी सबै मुसहर घर परिवारलाई आवास स्वरुप निशुल्क घर निर्माण गरिदिएको छ।












