दुर्घटनाको अखडा बन्दै ‘रुपन्देही’,न्यूनिकरण गर्न ट्राफिक चेकजाँचको मात्र भर

प्रकाशित मिति:

सुरेश परियार,माघ २३- लुम्बिनी प्रदेशको रुपन्देहीमा हरेक वर्ष बढ्दो सवारी दुर्घटनाका कारण सर्वसाधारणको यात्रा असुरक्षित बन्दै गइरहेको छ ।सवारी अनुशासनको पर्याप्त पालना नगरिनु,सडक संरचनाको सही व्यवस्थापन हुन नसक्नु,चालकको लाप्रवाही,तिव्र गति जस्ता मुख्य कारक तत्वले गर्दा रुपन्देहीमा बढि सवारी दुर्घटना बढेको पाइएको हो ।सडक दुर्घटनाको दर अन्य जिल्ला भन्दा रुपन्देहीमा कहाली लाग्दो छ ।तथ्यांक विश्लेषण गर्दा अझै पनि यो जिल्लामा सवारी दर्ता हुने क्रम बढ्दो छ भने सरकारले त्यसलाई व्यवस्थापन समेत गर्न सकिरहेको छैन् ।सवारी साधन थपिंदै गर्दा यहाँ औषतमा दैनिक १–२ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको छ ।दुर्घटना न्यूनिकरण गर्न सरकार ट्राफिक चेकजाँचको मात्र भर पर्नाले पनि दुर्घटना कम हुन सकेको छैन् ।

जिल्ला रुपन्देही ट्राफिक प्रहरी कार्यालयबाट २०७८ श्रावण देखि माघ १५ गते सम्मको तथ्याङ्कका अनुसार,१ सय १४ सवारी दुर्घटनाबाट ४४ जना व्यक्तिको ज्यान गएको छ । यस मध्ये २९ जना पुरुष,१३ जना महिला, २ जना बालक र १ जना बालिकाले ज्यान गुमाएका छन् । त्यति मात्रै होइन, यस अवधीमा ७९ वस्तुचौपायाको समेत ज्यान गएको छ । भने ५४ जना गम्भीर घाइते,२५ जना सामान्य घाइते भएको छन् भने घाइते सवै उपचारत रहेका छन् ।सवारी दुर्घटनाको समयको विश्लेषण गर्दा सबैभन्दा बढी दुर्घटना साँझ ६ बजे देखि राति १२ बजे र दिउँसोमा बढि हुने गरेको पाइएको छ ।जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव के.सीले दुर्घटनाको मुख्य कारण चालकको लाप्रवाही र तिव्र गति पछि ओभरटेक,मादक पदार्थ सेवन गरी सवारी चलाउँदा र मोवाइल फोनका प्रयोग,चौपाया, जिर्ण सडक लगायत रहेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षको माघ १५ गते सम्म रु.७० लाख १३ हजार,५ सय राजश्व संकलन गरेको छ । गत वर्ष भन्दा ७ महिनामा तेब्बर राजश्व संकलन भएको ट्राफिक कार्यालय प्रमुख के.सीको दावि रहेको छ ।ट्राफिक कार्यालय प्रमुख केशव के.सीका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने,लेन अनुशासन कायम नराख्ने,जथाभावी सवारी पार्किङ गर्ने,लाइसेन्स विना सवारी चलाउने,तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको बताएका छन् ।चालु आर्थिक वर्षको हाल सम्म आउँदा दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले विभिन्न प्रयास गरेको छ । ५५ वटा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको छ । जसमा सवारी दुर्घटनाबारे चालकलाई सडकमै प्रशिक्षण,विधार्थीहरु,क्बलहरु र पैदलयात्रुलाई ट्राफिक टाइट सम्बन्धी जानकारी,साइकल,अटो,ट्याक्टरहरु जस्ता ४ हजार भन्दा बढि सवारी साधनलाई स्ट्रीकर टाँस गर्ने, ५ सय भन्दा बढि सवारी साधनको नम्बर पिलेट तथा बाइक सुधार,विभिन्न यातायात ब्यवसायीहरु संग समन्वय गरि भाडादर सर्वसाधारणले देख्ने ठाँउमा टाँस गर्ने र केही गाडीहरुलाई कानुनी दायरामा ल्याएको छ ।

सडक दुर्घटना हुदाँ मानविय तथा भौतिक क्षेती भइरहेको पैदलयात्री यदुनन्द भण्डारी र सुमन पौडेलले बताएका छन् । सम्बन्धी निकायहरुको वेवस्ताका कारण अकालमै सर्वसाधारणले ज्यान गुमानुपरेको कुरा उनीले उल्लेख गरे ।यस्ता घटना रोकथामका लागि कडा कानुनको व्यवस्था गरिनुपर्दछ भने सबैले आफ्नो तरिकाबाट इमान्दारितापूर्वक काम गर्ने हो भने दुर्घटना न्यूनिकरण गर्न सकिने बताए ।सडक विभाग,ट्राफिक प्रहरी, यातायात समिति पनि आफ्नो जिम्मेवारी बहन गर्नुका साथै यात्रुले पनि ध्यान पु¥याउनुपर्नेमा उनीहरुको जोड थियो ।देव्रे तिर सवारी चलाउने नियम रहेको नेपालमा पैदलयात्रुहरुले पनि देव्रेतिरबाट हिड्ने गर्दा पैदल यात्रीलाई बढी क्षति पुग्ने गरेको जानकारहरु बताउँछन् । सवारीको अवस्था अगाडीबाट देख्न सकिने भएकाले खासमा पैदल यात्रुहरु दाहिने तिर हिड्नुपर्ने भए पनि सोको जनचेतना पर्याप्त छैन् ।सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन ।दुर्घटना कम गर्न र सवारी चापबाट जोखिम घटाउन सवारीको व्यवस्थापन, सडकको निर्माण र मर्मत तथा गुणस्तर विस्तार गरी सडक नीति बनाएर ट्राफिक नियमलाई पाठ्यक्रमको विषयका रूपमा विकास गरिनुपर्ने आजको आवश्यकता हो । दुर्घटनाको तथ्याङ्क केलाउँदा सवारीको मेसिनरी गडबडी, ओभर लोड, साँघुरो सडक, मापसे, ट्राफिक नियम पालनालगायत अभावले अधिकांश दुर्घटना हुने गरेको छ । अझै पनि ति पक्षहरुको ध्यान नगए रुपन्देही सडक दुर्घटनाको अखडा बन्दै जाने दावि गरिएको छ ।

थप समाचार