काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुट्नुभएको छ ।
एमसीसीबारे निर्णायक छलफलमा जुट्नुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई पनि छलफलमा बोलाउनुभएको हो । एमसीसी पारित गर्न राष्ट्रिय सहमति जुटाउने उदेश्यले बोलाइएको बैठकमा सत्तारुढ दलका नेता दाहाल पनि सहभागी हुनुभएको छ । एमसीसीबारे दलहरुबीच मतान्तर रहेकै बेला एमसीसी मुख्यालयले फागुन १६ भित्र अनुमोदन गरिसक्ने प्रतिवद्दतासहितको पत्र प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबाट प्राप्त भएको खुलासा गरेपछि राजनीतिक वृत्त तरंगित बनेको हो । सत्ता गठबन्धनको एकीकृत समाजवादी र जनता समाजवादीले यथास्थितिमा एमसीसी पारित हुनै नसक्ने अडान लिदै आएको छ । काँग्रेसमा पनि सभापति इत्तरले संशोधन अघि एमसीसीका केही बूँदा संशोधन हुनुपर्ने धारणा राख्दै आएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीचको भेटमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा समेत छलफल भएको । आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा सबै दल सहमत भएपनि आवश्यक छलफल गरेर मात्र मिति घोषणा गर्ने तयारीमा सरकार रहेको छ । सरकारले यसै साता स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।











