बुटवलको तामनगर नजिक भयानक दुर्घटना, तीनजनाको मृत्यु

प्रकाशित मिति:

सुरेश परियार/बुटवल, २४ माघ -रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छ्न । सोमबार (आज) एकाबिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ । ट्रक चालक फरार रहेका छन् । घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार